CANDOR

A worldview by a candid mind >>>

Archive for जुन 5th, 2009

लोकतान्त्रिक पार्टी कि कोइराला प्रालि ?

Posted by Thaneshwar on जुन 5, 2009

गेजा शर्मा वाग्ले

सोनिया गान्धीको त्याग, मनमोहन सिंहको छवि र राहुल गान्धीको दृष्टिकोणका कारणले भारतीय राष्ट्रिय कंग्रेसले अनपेक्षित विजय हासिल गरेको बहस भइरहेको समयमा आफूलाई भारतको गान्धी परिवारसँग तुलना गर्ने कोइराला परिवारको कारणले कांग्रेस भने अधोगतितर्फ उन्मुख हुने देखिएको छ । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सुपुत्री सुजातालाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेपछि यस्तो कठोर विश्लेषण थुप्रै कोणबाट आएको हो । भारतीय कंग्रेसलाई पनि कांग्रेसलाई जस्तै वंशवादको आरोप लाग्दै आएको थियो । तर उक्त आरोप मेटाउन सोनियाले प्रारम्भमा सक्रिय राजनीतिमा प्रवेश गर्न अस्वीकार गरिन् । योग्य नेतृत्वको अभावमा पार्टी कमजोर तथा विभाजित भएपछि थुप्रै कंग्रेस नेताहरूले अनुरोध गरेपछि उनी नेतृत्व लिन तयार भएकी थिइन् । नेतृत्व लिएपछि सम्पूर्ण ध्यान उनले संगठन सुधारमा लगाइन् । Read the rest of this entry »

Posted in Politics | Leave a Comment »