CANDOR

A worldview by a candid mind >>>

Archive for the ‘मेरो विश्वास’ Category

किन दिने एनआरएनहरुलाई दोहोरो नागरिकता ?

Posted by Thaneshwar on अप्रील 22, 2012

{प्रवासी नेपालीले विदेशमा रहंदा कमाएको सम्पत्तिको निश्चित प्रतिशत आयकर नेपालमा तिरेको अवस्थामा मात्र ‘विशेष कदर स्वरुप’ विदेशि नागरिकता लिदां पनि नेपाली नागरिकता कायमै राख्न पाउने व्यवस्था गर्नु उचित}

एनआरएन अभियान संसार भरि छरिएर रहेका नेपाली समुदायलाई एकिकृत गर्दै उनिहरुको ज्ञान-शिप, दक्षता, र लगानीलाइ नेपालको हितमा उपयोग गर्ने उद्देस्यका साथ शुरु भएको हो। साथै नेपाली कला र संस्कृतिलाई संरक्षण र संवर्द्दन गर्ने पवित्र उद्देश्य पनि हो। विश्वव्यापिकरणको प्रभावले अध्ययन र रोजगारिको शिलशिलामा प्रवासि बन्न गएका नेपालीहरुलाइ संगठित गर्ने आवस्यकता पनि हो। तसर्थ नेपालमा हुर्कि वढि, एक तहको शिक्षा नेपालमै लिइ विदेशिएका प्रवासी र गैर-आवासिय नेपालीलाई आफु जन्मे हुर्केको देश प्रतिको कर्तव्य निर्वाहा गर्न अभिप्रेरित गर्ने राम्रो अभियान पनि हो गैर आवासिय नेपाली संघको स्थापना।

एनआरएन को संजाल संसारका धेरै देशहरुमा फैलिसकेको वर्तमान अवस्थामा यसका क्रियाकलाप र अभियानलाइ हेर्ने हो भने कतै यसको स्थापनाको भित्रि उद्देश्य अरु नै केहि त थिएन भन्ने शंका उत्पन्न गराएको छ। अर्थात एनआरएन आफ्नो उद्देश्यबाट विमुख भएको भान हुन्छ। कर्तव्यमुखि अभियानका लागि स्थापित एनआरएन राजनैतिक र जातिय पकड जमाउनको लागि नेतृत्वको होडवाजि, र आफ्नो स्व-इच्छाले त्यागेको नेपाली नागरिकता फिर्ता गर्ने वा जोगाउने कथित अधिकारमुखि लडाइमा फसेको छ।

गैर-आवासिय नेपालीहरुलाई नेपाली परिचयको आवस्यकता कसैले इन्कार गर्न सक्दैन तर अहिलेको अवस्थामा नागरिकताको सवाल कुनै पनि अर्थमा उचित र मान्य हुनै सक्दैन र नैतिकताले पनि दोहोरो नागरिकता माग्न दिंदैन एनआरएनहरुलाइ किनकि, Read the rest of this entry »

Posted in Acute Truth, मेरो विश्वास | Tagged: , | Leave a Comment »

अपिल

Posted by Thaneshwar on अगस्ट 8, 2011

नेदरल्याण्डसवासी सम्पूर्ण नेपाली दाजु-भाई, दिदि बहिनिहरुमा सादर नमस्कार !

म, थानेश्वर कंडेल, विगत ६ वर्ष देखि अध्ययनको शिलशिलामा नेदरल्याण्डसमा वसिरहेको छु। भर्खर आफ्नो अध्ययन पुरा गरि आफ्नो व्यवसाय स्थापनको सुरुवाटमा छु। संस्थागत रुपमा कुनै पदमा नबसे पनि मैले संधै नेपाली समुदाय र नेपालको हितमा सक्दो सहयोग पुर्याउंदै आइ राखेको छु।

विश्वव्यापीकरणको प्रभाव, रोजगारीको खोजि, व्यापार-व्यवसाय र अध्ययनको शिलशिलामा मातृभूमि नेपाल छाडेर विदेशियका सम्पूर्ण गैर-आवासिय (प्रवासी) नेपाली हरुलाइ एकतावद्द गरि उनिहरुको ज्ञान र शीपलाइ मातृभूमिको हितमा लगाउने र गैर-आवासिय नेपालीहरुको आंगिक अधिकारको रक्षा गर्ने उद्देश्यका साथ नेपालीका लागि नेपाली (For Nepali, By Nepali) भन्ने मुल मन्त्र लिएर एनआरएन को जन्म भएको हो।

स्थापनाको ७ वर्षमा एनआरएनको विश्वव्यापि संजाल तिव्र रुपमा विस्तारित र संस्थागत भएपनि आफ्नो उद्देश्य प्राप्तिमा कमजोर भएको कुरालाइ हामिहरुले स्विकार्नु पर्दछ। पहिले कर्तव्य अनि अधिकार हुनु पर्नेमा अधिकारको खोजि धेरै भएको सन्देश फैलिनु एनआरएनको लागि पक्कै पनि राम्रो कुरा होइन। तसर्थ एनआरएनको यो अधिकारमुखि Image परिवर्तन गराउनु सम्पूर्ण गैर-आवासिय नेपालीको कर्तव्य हो।

विगत अनि वर्तमानमा धेरै साथीहरुको अनुरोध हुंदा पनि म आफुलाइ पदिय दायित्व बाट बाहिरै राखि आएको थिएं। अनेकतामा एकता हाम्रो मुल पहिचान हो। बहुमत प्रवासि नेपालीहरुको जस्तै मेरो सोचाइ पनि विविध विचार, धर्म, र क्षेत्रको प्रतिनिधित्व गर्ने नेपाली हरुको साझा घर एनआरएन हो। मुख्य कुरा एनआरएन कर्तव्य पुरा गर्ने platform हो नकि आफ्नो Publicity गर्ने फोरम। नत यो कसैको रहर मेटने साधन हो। संख्यात्मक एवं गुणात्मक दुवै रुपमा कमजोर नेपाली समाज विभिन्न नाममा विभाजित भएर व्यक्तिगत आक्षेप, लाञ्छना, आरोप-प्रत्यारोप एवं विग्रह र कलहको घिन लाग्दो खेलमा फस्दा म आफु सांक्षि मात्र बसि राख्न सकिन। दुवै समुहको प्रतिनिधित्व गर्ने जिम्मेवार साथिरुलाइ एकतावद्द बनाइ संयुक्त र शशक्त एनआरएन टिम बनाउने पहल सफल हुन नसक्दा म सार्है दुखीत बनेको छु। तसर्थ आफ्नो रहर भन्दा पनि कर्तव्य संझेर एक जिम्मेवार नेपाली नागरिकको हैसियतले भिडमा परिणत हुंदै गएको नेपाली समाजलाइ अनुशासित, सभ्य र कर्तव्यनिष्ठ बनाउने उद्देश्यका साथ यसपटकको एनआरएन नेदरल्याण्डसको अधिवेशनमा मैले सदस्य पदमा उम्मेद्वारि दिएको छु।

मेरा लागि नेपाल र नेपालीको हितमा असल कर्म गर्ने सम्पूर्ण नेपाली आफ्ना परिवारका सदस्यहरु हुन। व्यक्तिगत आस्था र विचार जे भए पनि नेपाली हुनुमा गर्व गर्नु हुन्छ र नेपाल र नेपाली समुदायको हितमा योगदान दिन चाहान्छु भने मलाई एक मत दिनु होला। म तंपाइको यहि विचारलाइ संस्थागत र विस्तारित गर्ने प्रयास गर्ने छु।

भवदिय
थानेश्वर कंडेल
सदस्य उम्मेद्वार-एनआरएन नेदरल्याण्डस चौंथो अधिवेशन-२०११

Posted in मेरो विश्वास | 2 Comments »

मिडिया र संचारकर्मि जिम्मेवार बन ।

Posted by Thaneshwar on अक्टोबर 13, 2009

जिम्मेवार मिडियामा काम गर्ने संचारकर्मिहरुले समाचार निर्माण, प्रसारण र प्रकाशन गर्दा गम्भिरता अपनाउनु अति जरुरि हुन्छ। सस्तो लोकप्रियता कमाउने उद्देश्यले प्रकाशित वा प्रसारित समचारले पार्ने नकारात्मक असर प्रति संचारकर्मिहरु गम्भिर बनि सोच्नु पर्दछ। नम्रता श्रेष्ठ प्रकरण र आफ्नै बाबु बाट बलात्कृत बालिका संबन्धि सार्वजनिक समचारले दुवैको आलो घाउमा नुन छर्कने काम गरेको छ। हाम्रो जस्तो धार्मिक- सामाजिक परिवेशमा प्रकाशित समचारकै कारण पिडितहरुले वर्तमान र भविष्य सम्मै पनि सामाजिक रुपमा बेइज्जति र व्यवसायिकरुपमा असफल बन्नु नपरोस ।

नेपालको कानुनमा सहमतिमा विवाहित वा अविवाहित पुरुष र महिला विच हुने यौन संसर्गलाई गैरकानुनि ठहर गरेको छैन। नम्रताको भनिएको यौन भिडियो उनको बदनाम गराउने उद्वेश्यका साथ बाहिर आएको कुरामा कुनै शंका छैन। तसर्थ नम्रताको स्वीकृति बिना उनको व्यक्तिगत र व्यवसायिक जिवन ध्वस्त पार्ने उद्वेश्यका साथ बाहिर ल्याइएको भिडियो र प्रकाशित समचारका विरुद्व नम्रताले कानुनि उपचारको बाटो लिनु जरुरि छ।


बालिका प्रकरणमा बालिकाको परिचय सार्वजनिक नहुने गरि यौन दुराचारि बाबुलाइ हदैसम्मको कारवहि हुने प्रक्रिया र बाटो अवलम्वन गरिनु पर्दथ्यो।  उदाहरणको लागि बालिका प्रकरणमा उल्लेखित पिडक उसको बाबु वा नातेदार वा छिमेकि वा पिडित संग कुनै पनि प्रत्यक्ष नाता वा सम्बन्ध नपर्ने व्यक्ति हुन्थयो भने पिडकको फोटो सहितको समचार प्रकाशित गर्दा अन्यथा हुन जाने थिएन तर उस्को अपराधको सार्वजनिक गर्दा भविष्यमा पिडित छोरीका नाममा कलंक लाग्न सक्ने कुरा प्रति पनि सचेत बनौ।

Posted in Acute Truth, मेरो विश्वास | 1 Comment »