CANDOR

A worldview by a candid mind >>>

पूर्व पदाधिकारीलाई सुविधा दिने विवादित सरकारी निर्णय

Posted by Thaneshwar on जुलाई 29, 2012

पूर्व विशिष्ट पदाधिकारीहरुलाई सवारी, इन्धन र घर भाडा लगायत सुविधा दिने सरकारी निर्णयको देश भित्र र प्रवासि नेपालिहरुले तिव्र विरोध गरिरहेका छन। पूर्व विशिष्ट पदाधिकारीहरुलाई ओहोदा र सुरक्षाका द्दृर्ष्तिकोणले पनि सुविधा आवस्य हुने कुरामा त विवाद गर्नु उचित हुन्न तर सरकारि निर्णय मितव्यहि चाहि हुनै पर्छ। प्रधामन्त्री आफु मुस्ताङ चढन हुने तर पूर्व विशिष्ट पदाधिकारीहरुलाई ५० लाखको सवारि सुविधा किन ? त्यस्तै जसको काठमाण्डौमा आफ्नै घर छ उसलाई आवास वापतको रकम किन ? त्यो भन्दा पनि सवारि साधन मर्मतका लागि रकम दिनु भन्दा काठमाण्डौ भित्र सरकारले तोकिदिएको स्थान बाट मर्मत गराउनु पर्ने तर आकस्मिक मर्मतको अवस्थामा विल अनुसार तिर्ने व्यवस्था गर्दा उचित होला।

पूर्व विशिष्ट पदाधिकारीहरुलाई सुविधा नदिंदा के हुन्छ ?

पूर्व विशिष्ट पदाधिकारीहरुलाई सरकारि सुविधा दिनु ओहोदाको सम्मान गर्नु हो। यस्तो सुविधा नदिंदा आफ्नो कार्यकाल पछाडि उसले आफ्नो ओहोदाको सम्मान कसरि बचाइ राख्ने ? एक पटक राष्ट्रको प्रधान मन्त्र भैसकेको व्यक्तिको यदि आफ्नो राजधानिमा आफ्नो घर छैन भने फेरि डेरा खोजेर बस्नु त शोभनिय हुंदैन ! तसर्थ यदि उसको राजधानिमा आफ्नो घर छैन भने त उसलाई आवासको व्यवस्था त सरकारले गरिदिनु पर्यो नि होइन र ? त्यस्तै अरु सुविधाहरु पनि आवस्यकताको सिद्दान्त अनुसार तय गर्नु उपयुक्त होला कि ! नत्र आफ्नो कार्यकालमा भविस्यको जोहो गर्नको लागि भ्रस्ताचारमा संलग्न हुने संभावना पनि बढि हुन्छ।
अहिले सम्म पूर्व विशिष्ट पदाधिकारीहरुलाइ सरकारि निर्णय गरि सुविधा दिंदै आइएको पनि थियो र लिंदै पनि थिए तर कसल्ले कति लिएको छ भन्ने जानकारि वाहिर आएको थिएन । अहिले जनताको विरोध भयो भन्दै सुविधाका सवारि फिर्ता गर्ने पूर्व विशिष्ट पदाधिकारीहरुले अहिले सम्म सो सुविधा किन उपयोग गरिराखेका थिए त्यो स्पस्ट पार्ने र त्यस्तो सुविधाको उपयोग गर्ने कि नगर्ने र गर्ने हो भने त्यसको श्रोत पनि खुलाउनु पर्यो नि होइन र ? नत्र सस्तो लोकप्रियताका लागि सुविधा फिर्ता गर्ने निर्णय नौटंकि वाहेक केहि हुनै सक्दैन।

Posted in National Policy, Politics | Leave a Comment »

केन्द्रिय राज्यको नामाकरण दलित जातिको पहिचान

Posted by Thaneshwar on मे 11, 2012

राज्य पुनर्रसचनाको आधार जातिय होइन, सामर्थ्य। पहिचान जातिय होइन, नेपाली !

हामि भ्रममा नपरे हुन्छकि माओवादिले सिमान्तकृत जातिहरुको पहिचान स्थापना गर्नको लागि जातिय पहिचानको आधारमा राज्य पुनरसंरचानको माग र अडान अगाडि सारेको हो भनेर । शशस्त्र जनयुद्दको बाटो बाट आफुले सोचे अनुरुपको कम्युनिष्ट शासन व्यवस्था स्थापना गर्न संभव नदेखे पश्चात रचिएको नयां रणनीति हो जातिय पहिचानको नारा। जातिय आधारमा राज्य पुनरसंरचना गरेर साम्प्रदायीक द्वन्द्द बढाउने अनि जनतामा ‘अधिनयाकवाद वा सैनिक शासन द्वारा शान्ति स्थापनाको इच्छा जागृत गराउने चालवाजि मात्रै हो जातिय पहिचानको आधारमा राज्य पुनरसंरचना माग। जुन कुरा पुर्व राजा ज्ञानेन्द्रले पनि असफल प्रयोग गरिसकेका छन।

नेपालको वास्तविक शत्रु भनेको गरिवि,अशिक्षा र कानुनि शाशनको अभाव हो। वास्तविक रुपमा सिमान्तकृत जाति भनेका दलित जाति मात्र हुन। अन्य जातिहरुले आफ्नो वाहुल्यता भएको क्षेत्रमा धेरै थोरै आफ्नो अधिनायकत्व जमाएकै छन। तसर्थ सबैले इमान्दार भएर मनन गर्ने हो भने दलितहरु माथि अहिले सम्म भएको जातिय दमन र अपमान का विरुद्द राज्यको तर्फ बाट माफि माग्दै राजधानिलाई दलित जातिको पहिचानहुने नामकरण गर्दै अन्य सबै सिमान्तकृत जाति र जातिय भेदभावमा परेका जातिहरुको सम्मान गर्न सकिन्छ । बांकि राज्यहरुको नामकरण ऐतिहासिंक पहिचान झल्काउने र ति राज्य भित्र बस्ने सम्पूर्ण जनताहरुको अपनत्व जगाउने खाले हुनु उत्तम हुन्छ। हाम्रो आवस्यकता र चाहाना कुनै पनि किसिमको भेदभाव रहित समानतामा आधारित समृद्द नेपालका समृद्द नेपाली हुनु हो।

Posted in National Policy, Politics | Tagged: | Leave a Comment »

You’ve got to find what you love – Steve Jobs

Posted by Thaneshwar on अप्रील 30, 2012


If you would like to read the text of the commencement address delivered by Steve Jobs go ahead. Read the rest of this entry »

Posted in Inspiration | Leave a Comment »

 
%d bloggers like this: