CANDOR

A worldview by a candid mind >>>

मेरो जिवन, मेरो विश्वास

म आफु निम्न मध्यमवर्गिय परिवारमा जन्मिय पनि मैले कहिलै पनि आफुलाइ कमजोर महसुस गरिन। बिधालय कालमा पनि आफुलाइ आवश्यक शैक्षिक हकहितका लागि केहि पहल र केहि संघर्ष गरें, कलेज जिवनमा राजनैतिक उत्सुकता र केहि जागरुकताका कारण छोटो समयमानै राजनीतिको गुह्य कुरा बुझि २० वर्षको कलिलो उमेरमानै सामाजिक हित र आफ्नो जिविकोपार्जनको लागी नीजि विधालय सुरु गरें तर २०५६ सालमा आएर तत्कालिन विद्रोहि शक्ति माओवादीको दवाव र धम्किका कारण जिल्लाभरिका नीजि विध्यालय संगै मेरो विधालय पनि बन्द हुन पुग्यो। तत्पश्चात मेरो जिन्दगीमा एउटा ठुलो संकट आयो। विधालय बन्दका कारण ठुलो आर्थिक नोक्शानी र दायित्व बेहोर्नु पर्यो र २०५६ देखि उक्त घटनाका कारण उत्पन्न हुन आएको आर्थिक दायित्व पुरा गर्नको लागी स्वदेश बिदेश गरि १० वर्ष समय ब्यतित गर्नु पर्यो। यस बिचमा जिन्दगिको वास्तविक अर्थ बोध हुन गयो। वास्तवमा जुन संकटबाट म आफुलाइ मुक्त गर्न सकें त्यो धेरै जनाको सोचाइ भन्दा बाहिरको कुरा थियो भन्ने लाग्दछ मलाई। संकटका बेलामा परिवार, इष्टमित्र, समाज र साथी भाइको व्यवहार र दृष्टिकोण कुन हदसम्मको हुंदोरहेछ त्यो पनि राम्रै संग भोग्न पाइयो। तसर्थ म अब उप्रान्तको समयलाई मेरो पुनर्जन्मको रुमपमा लिएको छु।

मेरो बालपन देखिकै स्वभाव हो कि म समाज र साथिहर संग बढि घुलमिल हुन रुचाउने र अलि रचनात्मक विद्रोहि स्वभावको हुं। म आफुलाइ परेको दु:ख जति पनि सहन गर्न सक्छु तर अरुको दु:ख देख्न सक्दिन। तसर्थ जिवनका अत्यन्त कठिन अवस्थामा पनि मैले मेरो कर्तव्य पुरा गरेको छु भन्ने ठान्दछु। म नेपाली समाजमा व्याप्त असमानता, अशिक्षा, गरिबि, अन्धविश्वास र रोग ब्याधि संग राम्रो संग जानकार र भुक्त भोगि  छु। नेपाली जनताका यसखाले समस्याहरुबाट पार दिलाउने उद्वेश्यका नाममा धेरै राजनैतिक सत्ता र ब्यबस्था पनि परिवर्तन भए तर समस्याहरु ज्यूंकात्यूं छन। मेरो बुझाइमा हामिहरु आफ्ना समस्या समाधानको लागी अरुमा परनिर्भर हुने बानि, उपललब्ध  साधन र समयको राम्रो सदुपयोग गर्न नसक्ने, अशिक्षा र अन्धबिश्वास, सामाजिक कुरति र ब्यक्तिगत इगो हाम्रा समस्यका मुख्य कारणहरु हुन। तसर्थ यदि हामी गरिवि, अशिक्षा, र रोगव्याधिवाट मुक्त सभ्य र समृद्व नेपाली हुन चाहान्छौं भने हामी आफै जागरुक, सक्षम, सवल बन्नु पर्दछ अरुहरु केवल सहयोगी मात्र हुन सक्दछन।

म मेरो यो बुझाइलाइ ब्यबहारिक रुप दिनको लागी मेरो जन्म गाउंबाट शैक्षिक र आर्थिक क्रियाकलाप संचालन गर्ने सोचका साथ एउटा निर्णयमा पुगेको छु। तसर्थ यसका लागी सकारात्मक सहयोग, सदभाव, प्रेरणा दिने सामाग्रिहरु यस पेजमा समेतिने छन।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: