CANDOR

A worldview by a candid mind >>>

अमेरिकन कम्पनि, भारतिय व्यापारी, नेपाली बैक र ब्राजिलियन कुखुरा

Posted by Thaneshwar on नोभेम्बर 30, 2009

गत हप्ता नेपालका प्राय सम्पूर्ण पत्रिकाहरुको मुख्य समचार मध्यको १ समचार थियो काठमाण्डौमा केएफसि र पिजा हटको नयां शाखा खुलेको। पत्रपत्रिका देखि कमेन्टर र नेटवर्क साइत प्रयोगकर्ताहरुले एक किसिमको खुसि र गर्वको समचार शेयरिङ गरिरहेको भान भैरहेको थियो। नेपाल विश्व व्यापर संघको सदस्य बनिसकेको अवस्थामा अब यस्ता बहुराष्ट्रिय कम्पनिहरु छिट्टैनै धेरै हुनेछन तर नेपालको अहिलेको अवस्था हेर्दा यसले नेपाललाइ हित भन्दा बेहित गर्ने प्रशस्त लक्षणहरु देखिंदैछन।

भारतिया व्यापारीले नेपालि बैंक बाट रिण लिएर ब्राजिलिबाट कुखुरा आयात गरि अमेरिकन ब्राण्डको केएफसि नेपालमा सन्चालन गर्दा नेपाललाई के फाईदा होला ? साना पुजिमा सन्चालित म:म र समोसा पसलेहरुलाइ विस्थापित गराउने र नेपाली पैसा भारत र अमेरिका पुर्याउदा हामि बुझेर खुसि हुंदैछौंकि नबुझेरै । विश्वका धनि देशहरुको प्रति व्यक्ति आयको प्रुमुख स्रोतहरुमा टेवा पुर्यायका कारण हरेक देशले आफ्नो देशको बहुराष्ट्रिय कम्पनिहरुको हित र चासोमा ध्यान पुर्याउनु स्वभाविकनै हो तर हाम्रो जस्तो रुग्ण उधोग धन्दा भएको मुलुकका लागि यो खुसि को खबर बन्न सक्छ र ? जस्तै नेदरल्याण्डसको फिलिप्पस, शेल र हेनेकिन बियर, फिनल्याण्डको नोकिया फोन, जर्मनको मर्सिडिज बेन्ज, फ्रान्सको लोरेल, अमेरिकाको केएफसि, म्याकडोनाल्ड, जनरल मोटर्स, माक्रोसफ्ट जस्ता कम्पनिहरुको विस्तारका लागि ति देशहरुले प्रयास गर्नु उचितनै हो तर हामि गरिब देशका नागरिकले धनि देशका धनि कम्पनिहरुलाई व्यापार गर्ने अवसर दिएर र संबन्धित ष्रेत्रका साना तथा मझौला कम्पनिहरुलाइ विस्थापित गर्ने काम गर्न गैराखेका छौं।

सन्धि सहि गरेको यति समय वितिसक्दा पनि नत नेपालको कुनै उधोग वहुराष्टिय कम्पनि बन्न सरकारले उत्पेरणा र सहयोग गर्न सक्यो नत ति नया आउने कम्पनिहरुलाइ सरकारी नियम अधिनमा राख्न सक्ने छांट देखिन्छ। कमसेकम सराकारले वहुराष्टिय कम्पनिहरुलाइ नेपालि कच्चा पदार्थ र नेपालि जनशक्तिलइ प्राथमिकता दिनु पर्ने नियम बनाएर कार्यन्वयन त गरान सक्नु पर्यो, होइन र ? नेपालमा बेचिने केएफसिको चिकेन परिकारका लागि के नेपालि कुखुरा प्रयोग गर्न सकिंदैन र ?  ब्यापार गर्ने रिण चांहि नेपालि बैंक बाट लिने तर कच्चा पदार्थ र सके कामदार पनि विदेश बाट ? कस्तो अचम्म ?

यहां मैले बहुराष्ट्रिय कम्पनिको विरोध गर्न खोजेको चांहि हैन है। बहुराष्ट्रिय कम्पनि संचालन गर्ने अनुमति दिंदा सराकारले त्यसबाट पर्ने नकारात्मक असर कम गराउने र राष्ट्रिय स्वार्थमा ध्यान दिनु पर्यो भन्न खोजेको हो। समयमै यस्ता कुराहरु प्रति ध्यान नपुराउने हो भने शेल कम्पनिले नाइजेरियाको नाइजेर डेल्टमा पुर्यायको क्षति जस्तै हामिले पनि भोग्नु नपर्ला भन्न सकिंदैन।

Watch this documnetry POISON FIRE which shows how a poor country may suffer because of MNC in the presence of weak and corrupt government.

One Response to “अमेरिकन कम्पनि, भारतिय व्यापारी, नेपाली बैक र ब्राजिलियन कुखुरा”

  1. अन्तराष्ट्रिय ब्रान्ड नेपाल मा पस्नु कुनै नौलो कुरा त रहेन तर यसैलाई मिडिया ले धेरै हाइलाइट गर्‍यो । भन्दा नि लाज लाग्ने, खुलेको दिन खानै को लागि लाइन नै लाग्यो । सबै कुरा ठीक हो, तर यो देखाउन को लागि गर्ने प्रवृत्ति भने मन पर्दैन ।

    ‘हामी वीर छौँ तर बुद्धु छौँ’ त्यसै भनेका हैनन् भुपि ले ! दुरदर्शी मान्छेहरु को यहाँ निकै नै अभाव छ !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: