CANDOR

A worldview by a candid mind >>>

प्रमानन्द झा राजिनामा देउ

Posted by Thaneshwar on जुलाई 28, 2009

उपराष्ट्रपति पदको उम्मेदवारी घोषणादेखिनै अति विवादित व्यक्तिका रुपमा रहेका उपराष्ट्रपति प्रमानन्द झा सर्वोच्च अदालतको उनको सपथ संबन्धित फैसला पश्चात झनै दुर्गन्धित बनेका छन; उनका पछिल्ला अभिव्यक्तिका कारण।

 प्रमानन्दजि अलिकति पनि आफ्नो पदको महत्व र मर्यादाको ख्याल गर्ने गर्नुस त ! उपराष्ट्रपति जस्तो गरिमामय पदमा पुग्न तंपाइ लायक हुनुहुन्थ्यो ? ल पदमा त पुगि हाल्नु भो , तंपाइ जस्तो सर्वोच्च अदालतको न्यायदिश समेत बनि सक्नु भएको ब्यक्तिले आफ्ना ’boutमा जनमानसमा परेको नकारात्मक प्रभावलाई सकारत्मक बनाउन प्रयास गर्नुको सट्टा झनै दुर्गन्धित बनाउनपो लाग्नु भो ! कहिले हिन्दिमा सपथ लियर कहिले नेपालि बोल्नै आउंदैन भनेर।

अलि-अलि त सरम पनि मान्ने गर्नु पर्यो प्रमानन्द जि ! उपराष्ट्रपति पदको मर्यादा कायम गर्नको लागि पनि तंपाइले राजिनमा दिनुको विकल्प छैन तसर्थ छिट्टै राजिनामा दिएर यो विवाद बाट पार पाउनुनै तंपाइ, लोकतन्त्र र नेपालको हितमा होला।

Advertisements

One Response to “प्रमानन्द झा राजिनामा देउ”

  1. नेता ले पाएको कुर्सी ! बरु कुकुर ले हड्डि छाड्ला यिनिहरुले सजिलै कुर्सी छाड्दैनन् । अहिलेसम्म त पेलेरै अघि बढेका थिए, यी परमानन्द झा तर अस्तिको अदालत को फैसला पछि नराम्रो सँग पछारिएकाछन् । कहिले नेपाली बुझ्दिन त कहिले नेपाली बोल्न आइहाल्छ भनेर भन्ने यी झा ले अब कुर्सी बचाउन, सपथ नेपाली मै जरुर लिन्छन् । कुर्सी भन्या कुर्सी हो नि ! अब, सपथ खाएनन् भने त राजिनामा करलागि छ, अत: हामीले राजिनामा देउ भनेर भनिरहनु नपर्ला ! भाषा विवाद हुँदा पहिले मधेसी जनता भन्दै हिन्दि मा सपथ खाए, तर अब के तिनै जनताको लागि भनेर यिनले नेपाली मा सपथ नखाइ कुर्सि छाड्लान त ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: