CANDOR

A worldview by a candid mind >>>

जातिय विभेदका विरुद्व वृहत जागरण अभियान संचालन गरौं

Posted by Thaneshwar on फ्रेवुअरी 23, 2009

हामीहरु आफ्ना विरुद्व भएका अन्याय, अत्याचारका विरुद्व शसक्त रुपमा विरोध गर्दछौं तर आफ्ना गतिविधि र क्रियाकलापले कतै अरुको अस्मिता, सम्मान माथि चोट पुर्यायकोछकि भनि रत्ति भर पनि ख्याल गर्दैनौं। वहस, छलफल, लेख रचना र राजनैतिक वक्तव्यवाजिमा हामि २१औं शताब्दिका ठुला-ठुला गफ गर्छौं तर हामि आफ्नै दाजु भाई दिदि बहिनि प्रति तथाकथित दलितका नाममा भैरहिरहेका विभेदका विरद्व सिन्को पनि भाच्च्दैनौं। आफ्ना व्यवहारले अरु माथि पुर्यायको चोटको कत्ति पनि ख्याल गर्दैनौं।  

 

सामन्तवादी एकात्मक राज्य संरचनाले त्तपन्न गरेको राजनैतिक अस्थिरता द्वन्द अन्त्य गर्दै संघिय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरि लोकतान्त्रिक संविधान निर्माणको यो पुर्वार्धमा रहेका हामि नेपालीहरु आफ्ना स्वार्थ, पुर्वाग्रह बदलाको भावनाबाट मुक्त बन्नु पर्दछ। ज्ञान, विज्ञान विवेकमा आधारित विकास आपसि सम्मान मानवतामा आधारित संस्कारको निर्माण तर्फ हाम्रो ध्यान प्रयासहरु केन्द्रित गरौं नयां सृजना नगरि वर्तमानमा उपलब्ध न्युन सुविधाहरुको बांडफाडमा अल्झिऔं भने हामिले कुनै पनि हालतमा समृद्व नेपालको निर्माण गर्न सक्नेछैनौं। अब हामीहरुले एक अर्काको बिरोध गरेर आफ्नो ज्ञानलाइ संकुचित शक्तिको नष्ट गर्नुको सट्टा उदार बनि सृजनात्मक शक्तिको निर्माण तर्फ ध्यान दिनु जरुरि छ।

शदियौं देखि चलि आएको हाम्रो समाजमा व्याप्त जातिय विभेद मानव सभ्यताको एक कलंक हो। जात विभाजनका नाममा कथित तल्लो जातिको श्रेणिमा राखि शताब्दियौं अपमानित अपहेलित गरिएका तथाकथित दलित भनिने हाम्रा सम्पूर्ण नेपाली दाजु भाइ दिदी बहिनिहरु प्रति राज्य तथाकथित उपल्लो जाति भनिने सबैले माफि माग्नु पर्दछ यस खाले कुसंस्कारका मुल कारणहरु अशिक्षा चेतनाको कमि हुन। तसर्थ नयां नेपाल निरमाणको यो शुभमुहुर्तमा हामि सम्पूर्ण नेपाली बिच जातजातिका नाममा होइन मानवता बन्धुत्वमा आधारित रहि सहिष्णु सम्मानजनक व्यवहारको थालनि गरौं। जातिय बिभेदका विरुद्व सरकारि स्तर बाटनै देशव्यापि रुपमा जागरण अभियान संचालन गरौं। सरकारि गैरसरकारि संघ सस्था, कर्मचारी, वुद्दिजिवि नागरिक समाज सबैले विधालय कलेजका विधार्थिहरुको अगुवाईमा टोलटोल बस्तिबस्तिमा सामाजिक जागरणको यो अभियान पुर्याउं। तथाकथित दलितको वर्गमा राखिएका हाम्रा बुबा, आमा, दाजु भाई दिदी बहिनि हरु संग माफि मागौं अब त्यस्तो व्यवहार नगर्ने हुन नदिने प्रण गरौं। तत्पश्चात जातिय, लिंगिय लगायतका सबै खाले विभेदका विरुद्व कडा कानुन निर्माण गरि effectively कार्यन्वयन गराउं पालना गरौं। वृहत सामाजिक जागरणको यस्तो अभियान बिना कानुनको निर्माण गरेर मात्र क्यान्सररुपि यो विभेदकारि रोग उन्मुलन गर्न सकिदैंन।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: