CANDOR

A worldview by a candid mind >>>

उपयोगितावादी कांग्रेस

Posted by Thaneshwar on फ्रेवुअरी 5, 2009

१२ वर्षै माओवादी द्वन्दकालमा नेपाली कांग्रेस समबद्व भएका कारणले हजारौं नेपाली मारिए। हजारौ अंगभंग भए र लाखौं विस्थापित हुन बाध्य भए। तर द्वन्दकालमा होस वा शान्ति समझौता पश्चात पनि नेपाली कांग्रेसले द्वन्द पीडितहरुलाई संधै उपेक्षानै गरि राख्यो, उनिहरुका दु:ख कष्टलाई कहिलै पनि गंभिररुपमा लिएन। शान्ति संझौतामा उल्लेखित गैर कानुनि रुपमा जबरजस्ति कब्जा गरिएका घर जग्गा फिर्ता सम्बन्धि विषय पनि दस्तावेजमा र सौदावाजिको विषय मात्र बन्न पुग्यो। यदि नेपाली कांग्रेस द्वन्द पीडितको समस्या प्रति अलिकति पनि संवेदनशिल हुन्थ्यो भने संविधान सभा चुनाव अगावै कब्जा गरिएका सम्पूर्ण घर जग्गा फिर्ता गराइ विस्थापितहरुलाइ स-सम्मान पुनर्स्थापित र उचित राहातको व्यवस्था गर्नु पर्दथ्यो। जुन कुरा शान्ति प्रक्रियालाई तार्किक निष्कर्शमा (Logical end) पुर्याउनको लागि अति आवश्यक थियो र कांग्रेस नेतृत्वको सरकारको इच्छा शक्ति हुन्थ्यो भने सजिलै संग संभव पनि थियो। तर आफु सत्तामा रहुन्जेल द्वन्द पीडितका कुनै पनि समस्या समस्यानै रहेनन तर जब संबिधान सभाबाट कांग्रेस दोश्रो श्रेणिमा झर्यो र माओवादी नेतृत्वमा सरकार गठन भयो तबमात्र कांग्रेसलाई द्वन्द पीडितहरुको याद आयो र संसद अवरुद्व गर्न उत्रियो। कांग्रेस जस्तो राष्ट्रिय दलले पनि मुख्य गरेर कांग्रेस समर्थक र शुभ चिन्तक भएकै कारणले विस्थापित हुनेहरुलाई पनि किन आफ्नो स्वार्थ सिद्विको लागीमात्र उपयोग गर्दछ ?

माओवादी संग मेजर स्वार्थहरुमा सहमति मिल्यो भने र आफ्ना नेतृत्व तहमा रहेका नेताहरुको घर जग्गा फिर्ता भयो भने हामिले अचम्म नमाने हुन्छ फेरि पनि तल्लो तहका विस्थापितहरुको समस्या कांग्रेस नेतृत्वको दिमागबाट विलिन हुनेछन।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: