CANDOR

A worldview by a candid mind >>>

YES to Globalization of Localization but NO to Localization of Globalization!

Posted by Thaneshwar on जनवरी 29, 2009

पक्कै पनि विश्वब्यापीकरणको समर्थक र आलोचकका आ-आफ्ना तर्क होलान तर मेरो विचारमा वुद्विमतापूर्वक चल्न सक्ने र जान्ने हो भने विश्वब्यापीकरण पक्कै पनि नराम्रो होइन। सुरुमा विश्वब्यापीकरणको अवधारणा धनि र ठुला देशहरुले आफ्नो बजार विस्तारको लागि सुरु गरेको भए पनि यदि साना र गरिब देशहरुले पनि उचित होसियारि र बुद्विमता अपनाउन सक्ने हो भने यसबाट मनग्गै फाइदा लिन सक्छन।

 

आझ म यस लेखमा नेपालले विश्वब्यापीकरण सम्बन्धि कस्तो निति अवलम्वन गर्दा राम्रो होला भन्ने विषयमा आफ्नो विचार लेख्न गइरहेको छु। माथि शिर्षकमा भने जस्तै हामिहरुले YES to Globalization of Localization but NO to Localization of Globalization! लाइ आत्मसात गर्नु पर्दछ। हामीले प्रविधि र ज्ञानको आयतलाई प्रोत्साहान तर विदेशि उत्पादनहरुलाइ हतोत्साहि गर्नु पर्दछ। स्वदेशी सिप र पूंजिको लगानि द्वारा आफ्ना आवश्यकता पुरा गर्दै निर्यात व्यापार बढाउन तिर ध्यान केन्द्रित गर्नु पर्दछ। नेपालमा उत्पादित कच्चा पदार्थ विदेश पैठारि गर्ने होइन उक्त कच्चा पदार्थबाट नेपालमै सामाग्रि उत्पादनगरि स्वदेशको मागको पूर्ति गरि, विदेशमा निर्यात बढाउनमा जोड दिनु पर्दछ। यसो गर्दा एकातर्फ स्वदेशि कच्चा पदार्थको सहि सदुपयोग हुन जान्छ भने अर्को तर्फ रोजगारि र राजस्वमा वृद्वि हुन जान्छ। यदि नेपालमा यस्ता उत्पादन गर्न सक्ने प्रविधि, जनशक्ति वा लगानि छैन वा कमि छ भने आवश्यकता अनुसार विदेशि प्रविधि, जनशक्ति वा लगानि लाई भित्र्याउन कन्जुस्याई गर्नु हुंदैन। बहुराष्ट्रिय कम्पनिका उत्पादनहरुलाइ आयत गर्नु भन्दा देश भित्रको त्यस्ता उत्पादनहरुको माग पूर्तिको लागी पनि सीमित र आवश्यक कम्पनिहरुलाई देश भित्रनै संचालन गर्न प्रोत्साहान दिनु पर्दछ। देश विकासका प्रमुख मेरुदण्ड भनेकै रोजगारि र राजस्व हुन। तसर्थ सरकाले ज्यादा ध्यान रोजगारिका अवसरको सिर्जना र राजस्व वृद्विमा दिनु पर्दछ।  हामिहरु अहिले सम्म बलिया र शक्तिसालिको विरोध वा आलोचना गर्नमानै व्यस्त भयौं तर अब बलियो र शक्तिशालिको बिरोध होइन हामिहरुले आफ्नो क्षमता अविवृद्वि गर्दै प्रतिस्पर्धामा उभिन सक्नु पर्दछ।

 

२०४६ सालमा प्रजातन्त्र पु:नस्थापना हुनु पूर्व वर्तमान भुटान जस्तै नेपाल पनि बाहिरि मुलुकहरुको प्रत्यक्ष प्रभाव बाट मुक्त थियो। त्यसबेला सम्म हाम्रो ब्यापारमा आयतको प्रतिशत अहिले भन्दा धेरै कम थियो तर प्रजातन्त्र पु:न स्थापना पश्चात संचार, प्रविधि र सिक्षाको विकासका कारण बाहिरि मुलुकहरु संग नेपालको जनस्तरको सम्बन्धमा अत्याधिक मात्रमा वृद्वि हुन गयो र जस्ले गर्दा आयत पनि ह्वातै बढेर गयो। यस अवधिमा माओवादी द्वन्ध र राज्यको ठोस नीतिको अभावका कारण राष्ट्रियहितको प्रवर्धन हुन सकेन। गुप्त रुपमा रहेको हाम्रो मुलुक एक्कांसि खुल्ला हुन जांदा हुन सक्ने फाइदा र जोखीमको पूर्व अनुमान गर्न नसक्दा हिजो राम्रो संग संचालित साना तथा मझौला उधोगहरु आज बन्द वा रुग्ण बन्दै गएका छन। तसर्थ हामिले अब बेलैमा आफ्ना नीति तथा कार्यक्रमहरुलाई वैज्ञानिक र राष्टहितकारी बनाउन जरुरि छ।

 

 

नेपाल कुन-कुन कुरामा आत्मनिर्भर बन्न सक्छ र कुन-कुन कुरा निर्यात पनि गर्न सक्छ भन्ने बारेमात प्राविधिक र विज्ञहरुद्वार वृस्तित अनुसन्धान गर्नु पर्दछ तर हामि धेरैलाइ थाहा भएका क्षेत्रहरु पर्यतन, जडिबुटि, कृषि र जलश्रोतकोमात्र उचित व्यवस्थापन र समुचित उपयोग गर्न सक्यौं भने पनि हामी छिट्टै समपन्न जिवन जिउन समर्थ हुनेछौं।

 

 

One Response to “YES to Globalization of Localization but NO to Localization of Globalization!”

  1. Anil said

    Good topic with lots of coverage within few lines. Good views for the steps needed for globalisation economically. But in case of Nepal there must be discussion of current Nepali scenerio, especially the economic development of the regions beyond the Capital and few cities. Globalisation starts only after a country unified into single with its all economics dimensions(goods and and services, labour and people, capital, technology etc..)along with political and social transfaormation.This can be happened when all the region of nepal utilizes its potential
    (for the economic developement of its reason), utilizing necessary economic dimensions and maintaining the equillibrium of the flow of its output with other regions.Here comes the controversy of the topic now. In my view, Nepal is lacking localization, in another word lacking decentralization until this moment, which is, the overall reason that Nepal is unable to enter into the globe. So in case of Nepal, the root problem is the lacking of localization and thus development of the localities. Witout which there is no way for the development of a country and the fact is, only a country heading towards develpoment can enter into the world. Afterwards, process is the same mentioned in the article, I agree with that.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: