CANDOR

A worldview by a candid mind >>>

राजनैतिक अराजकता र इमान्दारिताको खडेरि

Posted by Thaneshwar on जनवरी 26, 2009

आधुनिक नेपाल राष्ट्रको निर्माण पश्चात अहिलेको जस्तो अराजक र संकटको अवस्थाबाट सायदै हामी कहिलै गुज्रेका थियौं होला। शान्ति सुरक्षा को वर्तमान अवस्था कहाली लाग्दोछ। उर्जा सङकटले उधोग धन्दा मात्र होइन सामन्य विधार्थीको जिवन समेत तहस नहस बनाइराखेको छ। दण्डहिनता र राज्य संरक्षित अपराधमा दिनदिनै वृद्विभै राखेका छन। राष्ट्रको कार्यकारी प्रमुख प्रधानमन्त्रिले जनतामा आशा एवं विश्वास जगाउनुको सट्टा डर र आतंक सृजना गर्दैछन।  सरकारले नागरिक अधिकारको ग्यारेन्ति गर्नुको सट्टा निशेधक र आदेशकको भुमिका निर्वाह गरिरहेको छ। इतिहांसको यस्तो संवेदनशिल घडिमा पनि सरकारमा सहभागि दल, विपक्षि दल र राष्ट्रका अन्य जिम्मेवार ब्यक्ति र निकायहरुले परिस्थितिको संवेदनशिलताको वेवास्ता गरिराखेको कुरा सहजै रुपमा बुझ्न सकिन्छ। 

 

युवा पिंढीमा देखिएको चरम नैराश्यताले देश युवाशक्ति विहिन बनिरहेको छ। आज आफ्नो मातृभूमि छाडेर बिदेश जानु पर्दा मानिसहरु देश छाडेर जानुपरेकोमा पिडा होइन देश छाडि जान पाएकोमा राहत र खुसि महशुश गरिराखेको भेटिन्छ। अझै बिदेसमा स्थायी बसोबासको व्यवस्था मिलाउन सक्नेले त आफुलाई संसारकै एक भाग्यमानी भएको सम्झन्छन। नेपाली राष्ट्रियता छाडेर बिदेसि राष्ट्रियता ग्रहण गर्नु जिवनको मुख्य उद्वेश्य बनिरहेको छ अहिलेका बहुसङख्यक युवा पिंढीमा। बिधार्थी, कर्मचारि, डाक्टर, इन्जिनियर, पाइलट, हरेक वर्गका बहुसंख्यक मानिसहरु संभव भए र मिले सम्म नेपाल छाडेर विकसति मुलुक जान हर संभव प्रयास गरिराखेका हुन्छन। के यस्तो अवस्था विधमान रहेसम्म नयां नेपालको निर्माण संभव होला?

 

कर्तव्यवोध र इमान्दारिता भनेको अब पुस्तकमा पढिने र भाषणमा सुनिने शब्दावलीमा मात्र सिमित हुने डर देखि राखेको छु मैले। कुनै पनि ब्यक्तिले आफ्नो जिम्मेवारि इमान्दारिता पूर्वक पुरा गर्ने होइन खालि अरुको विरोध गर्दानै ठिक्क छ। आफ्नो जिम्मेवारि पुरा नगर्ने गैर-जिम्मेवारहरुलाई अरुको विरोध गर्न सुहाउंछ र ? हामि जनताहरु पनि विरोध गर्ने ब्यक्ति र संस्थाको ब्यबहार र बिरोधको उद्वेश्यको ख्यालै नगरि खाली बिरोधलाई मात्रै समर्थन गरि राखेका छौ।

 

नयां नेपाल, लोकतन्त्र, मानव अधिकार, प्रेश स्वतन्त्रता आदि आदि थुप्रै कर्णप्रिय कुराहरु हामि दैनिक रुपमा सुन्न र पढन पाइराखेकाछौं तर यस्तो वकालत गर्नेब्यक्ति र संस्थाहरुका व्यवहार हेरौं त एकपटक। उनिहरुको बोलि र ब्यवहारमा संगति छ त? के नयां नेपालको निर्माण नयां सोच, नयां विचार र नयां ब्यवहार बिना संभव होला र ? लोकतन्त्र नारा मात्र हो कि व्यबहार पनि? साम्यवाद र सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने कम्युनिष्ट नेताहरुको जिवन शैलि र दैनिकि हेरौं त? समाजवाद र लोकतन्त्रका ठुला ठुला भाषण दिने कांग्रेसका नेताहरुले आफ्नो जिवन र कार्यक्षेत्रमा समाजवादको प्रयोग र लोकतान्त्रिक विधि अवलम्बन गरेको पाएकाछौं त ? कांग्रेसको संस्थापन पक्षको त कुरै नगरौं तर पार्टीलाई लोकतान्त्रिक तवरले संचालन गर्नु पर्छ भनेर एडभोकेसि गरि राख्ने र दल भित्र र बाहिर आशा गर्न लायक नेताहरु भनेर चिनिने नरहरि आचार्य, प्रदिप गिरि र गगन थापाहरुको जिवन शैलि समाजवादी र कार्यशैलि र पद्वति लोकतान्त्रिक छ त ? के उनिहरुले आफ्नो कार्यक्षेत्रमा लोकतान्त्रिक पद्दति, बिधि र संस्कारको प्रयोग गरि राखेका छन त? आफ्नो अधिकार र पद प्राप्ति गर्ने उद्वेस्यले मात्र सिद्वान्तको कुरा गर्नेकि विधि बसाउनको लागी पनि ? कमसेकम आफ्नो व्यक्तिगत जिवन र कार्यक्षेत्रमा त नमुना बनेर देखाऔं !

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: