CANDOR

A worldview by a candid mind >>>

पुष्पकमलका खरा कुरा

Posted by Thaneshwar on जुन 3, 2008

अमीत ढकाल

पुष्पकमल दाहालजी, तपाईंले गत शुक्रबार टुंडिखेलबाट कान्तिपुरको नामै किटेर र्सार्वजनिक चेतावनी दिनुभएकाले यस पब्लिकेसन्समा कार्यरत पत्रकारका हैसियतले केही कुरा लेख्दैछु । तपाईंले भन्नुभएछ, ‘कान्तिपुरका सम्पादकलाई मैले भनिदिएको छु, अब पनि हामीलाई खेद्नुभयो भने राम्रो हुने छैन, किनभने जनताले हामीलाई जिताइसकेका छन् ।’
शनिबार पत्रकार महासंघको चियापानमा धेरैले हामीसंग भने, ‘तपाईंहरूलाई धम्की आयो । चिन्ताको विषय भयो । तपाईंहरूको पत्रकारितामा फरक पर्छ -‘ एकजनाले त अड्डी नै कसे, ‘फरक परिहाल्छ नि’ । सायद तपाईंलाई पनि लाग्दो हो, फरक पर्छ, पार्न सकिन्छ । नत्र किन नामै किटेर चेतावनी दिनुहुन्थ्यो, र्सार्वजनिक रूपमा ।

दाहालजी, म यहां तपाईंकै निवासमा बसेर हामीले गरेको कुराकानी सम्झाउन चाहन्छु । हामीले तपाईंलाई स्पष्ट रूपमा भनेका थियौं- हामी आफ्नो विवेकले देखेको लेख्छौं र हामीलाई कसैले रोक्न सक्दैन । कान्तिपुरलाई तपाईंले गाली गर्नुभएको यो पहिलोपटक होइन । नाम नकिटे पनि धेरैचोटी तपाईंले र्सार्वजनिक रूपमा ‘विदेशीको पैसा खाएर ठूलो मिडिया हाम्रे विरुद्ध प्रचार गर्दैछन्’ भन्नुभएको छ । हामीले तपाईंसंगको भेटमा त्यसविरुद्ध पनि सचेत गराएका थियौं । कम्तीमा तपाईंहरू मूलधारका व्यावसायिक पत्रकारहरूलाई विदेशी वा अन्य कुनै अदृश्य शक्तिले हान्ने भकुन्डो नठान्नुस् । यसले तपाईंहरूको विश्लेषणशक्तिको अवमूल्यनमात्र गर्छ भनेका थियौं । तर तपाईंले यसलाई सुन्नु भएन जस्तो छ । त्यसैले आज धम्कीमा उत्रनुभएको छ । हाम्रा केही पाठकहरूमा चिन्ता छाएको छ, अब के हुन्छ भनेर । केही बुजु्रकहरूले त निष्कर्षनै निकालिसके- कान्तिपुरले अब देख्छ । तर हाम्रँे यात्रामा यसले केही फरक ल्याउ“दैन । त्यो अविच्छिन्न रहनेछ ।

दाहालजी, तपाईंलाई हामीले भनेका थियौं, हामी पनि तपाईंहरूभन्दा कम दुःसाहसी छैनौं भनेर । तपाईंहरू बन्दुक बोकेर बन्दुकका विरुद्ध लड्नुभयो । मार्न नै हि“डेपछि मर्ने परवाह रहेन होला । हामी कलम बोकेर बन्दुकविरुद्ध लडेका हौं । कसैलाई पनि मार्न हुन्न भन्यौं, हिंसात्मक राजनीतिको विरोध गर्‍यौं । मरिन्छ कि भनेर पत्रकारिता छोडेनौं । छोड्दैनौं । तपाईं र हामी बीचको तात्विक फरक यही हो । अरूले हिंसा गरेनन् भन्दैमा कायर नठान्नुहोस् । अहिंसा आफैंमा ठूलो साहस हो । पत्रकारिताको धर्म निर्वाह गर्न हामीमा यो साहसको कहिल्यै कमी हुने छैन ।

तपाईंको टुंडिखेल भाषणमा अर्को एउटा खेदजनक लाइन छ- ‘अब हामीलाई नखेद्नोस्, किनभने जनताले हामीलाई जिताइसकेका छन् ।’ दाहालजी, त्यसो भए मिडियाले तपाईंकै शब्दमा ‘हरुवा’हरूलाई मात्र खेद्नुपर्‍यो र जितुवाहरूले सबै कुराबाट उन्मुक्ति पाउने भए । जसले सरकार बनाउंछ, उसको आलोचना नहुने भयो । यस्तो पत्रकारिता त ‘जनगणतन्त्र’मा मात्र हुन्छ । लोकतन्त्रमा पत्रकारिताले सबैमाथि खबरदारी गर्छ, राज्यमाथि र सरकारमाथि झनै धेरै गर्छ । संविधानसभाभन्दा अगाडिका तीनै संसदीय निर्वाचनमा नेपाली कांग्रेस र एमालेले माओवादीले अहिले ल्याएकोभन्दा धेरै पपुलर मत ल्याएका हुन् र कांग्रेसले दूइपटक बहुमत पनि ल्याएको हो । तर यी दुवै पार्टी अब हाम्रो आलोचना नगर्नुस्, हामीले जितिसकेका छौं भनेनन् । हामीले पनि यिनको आलोचना गर्न बन्द गरेनौं । पुष्पकमलजी, तपाईं कस्तो राजनीतिक संस्कृति निर्माण गर्न खोज्दै हुनुहुन्छ –

माओवादी आजका दिनमा किन कान्तिपुरसंग यति धेरै रिसाएको छ भन्ने कुरा झनै महत्त्वपूर्ण छ । संविधानसभाको चुनावलगत्तै हामीले तपाईं र बाबुराम भट्टर्राईलाई भेटेका थियौं । तपाईंले भन्नुभयो- ‘चुनाव अगाडि तपाईंहरूले हामीलाई बर्बाद गर्नुभएको थियो । अहिले भने व्याजसहित फिर्ता आयो भन्ने लाग्छ ।’ त्यो दिन तपाईं कान्तिपुरसंग प्रसन्न हुनुहुन्थ्यो, किनभने कान्तिपुरले त्यसको केही दिनअघि पहिलो पृष्ठको समाचार शीर्षकमा ‘माओवादीको पक्षमा जनलहर’ लेखेको थियो । माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भनिरहेको थियो । यो माओवादीले फकाएर कान्तिपुरले भनेको थिएन । माओवादीलाई खुसी पार्न पनि भनेको थिएन । हामीले देखेको राजनीतिक सत्य लेखेका थियौं ।

पछिल्ला दिनहरूमा विकसित दुइवटा घटना र तिनमा कान्तिपुरले खेलेको भूमिकाले माओवादी नराम्रोसंग चिढिएको छ । ती हुन्- रामहरि श्रेष्ठको हत्या प्रकरण र राष्ट्रपतिको व्यवस्था तथा शक्ति सन्तुलनको विषय ।

रामहरि हत्या प्रकरण एउटा घोर अमानवीय तथा कहालीलाग्दो घटना हो । एक र्सवसाधारण नागरिकलाई घरबाट उठाएर लगी माओवादी शिविरमा यातना दिनु, हत्या गर्नु र लाश बेपत्ता पार्नु घोर निन्दनीय घटना हो । यस घटनाबाट माओवादी पार्टीपंक्ति र जनसेनालाई पानीमाथिको ओभानो बनाउने जुन प्रयत्न तपाईं आफैंले गर्नुभयो, त्यसको तीव्र प्रतिवाद कान्तिपुर लगायत अरू मिडियाले गरेका हुन् । रामहरि हत्या प्रकरणले फेरि एकपटक माओवादी र हामी बीचको राजनीतिक हत्या र हिंसालाई हेर्ने दुइ अलग दृष्टिकोण बीचको खाडल उजागर गरेको छ ।

हामी हत्या र हिंसालाई जति गम्भीरतासाथ लिन्छौं, माओवादीहरू त्यसलाई त्यति नै हलुका ढंगले लिन्छन् । हामी जीवनको अक्षुण्णतालाई जसरी सम्मान गर्र्छौं, माओवादीहरू भने १ सय ८० ड्रि्री उल्टो घुमेर त्यसको अपमानलाई त्यति नै स्वाभाविक ठान्छन् । हामी भन्छौं, युद्धबाट शान्तिपूर्ण् राजनीतिमा फर्केको माओवादीले आफ्ना कार्यकर्ता तथा लडाकुहरूलाई हिंसा छोड्न प्रोत्साहित गर्नुपर्छ । हिंसाकै पक्षमा लाग्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ, जसले अरू कार्यकर्तालाई त्यता बढ्न हतोत्साहित गरोस् । तर माओवादी नेतृत्व युद्धबाट आएकाले कार्यकर्तालाई सुध्रिन समय लाग्ने तर्क गर्छ र उनीहरूबाट अपराध भए त्यसलाई ढाकछोप गर्न अगाडि बढ्छ । त्यसले हिंसात्मक गतिविधिलाई प्रोत्साहितमात्र गरेको छ ।

हिंसालाई हेर्ने यो आधारभूत फरक रहेसम्म मिडिया र बांकी समाजसंगको माओवादी टकराव कुनै न कुनै रूपमा

प्रकट भइरहनेछ ।

माओवादी कान्तिपुरसंग आक्रोशित हुनुको अर्को कारण अहिले राष्ट्रपतिको व्यवस्थाको बहस र राजनीतिक शक्ति सन्तुलनको मुद्दामा कान्तिपुरको अलग धार हुनु हो । कान्तिपुरले राजनीतिक मुद्दामा आफ्नै विवेक र राजनीतिक चेतना अनुरूपको अडान राख्दै आएको छ । यसले अलग राजनीतिक शक्तिहरूस“ग अलग समयमा टकरावको स्थिति ल्याएको छ ।

माओवादीको सशस्त्र द्वन्द्वसंग हाम्रो असहमति थियो र हामीले हिंसात्मक राजनीतिको विरोध गर्‍यौं । माओवादी हिंसा त्याग्न तयार छ भने उसलाई राजनीतिक प्रतिस्पर्धामा आउन दिनुपर्छ भन्ने हाम्रो मान्यता रह्यो र त्यसको हामीले निरन्तर वकालत गर्‍यौं । राजाको शासनकालमा तपार्इंको अन्तर्वार्ता हामीले माओवादीको धम्कीका कारण छापेका होइनौं, नत राजाको डरका कारण नै त्यसलाई छाप्नबाट चुक्यौं । राजाको प्रत्यक्ष शासनको हामी विरोधी थियौं र राजा र सेनाको धम्कीका बाबजुद हामीले त्यसविरुद्ध लड्यौं । राजाले जनतासंग सम्झौता नगरी दबाउन खोजेपछि हामीले गणतन्त्रको पक्षमा आफूलाई उभ्यायौं । माओवादी चुनावमा सबभन्दा ठूलो पार्टी भयो । कतिले भने- माओवादीको बहुमत छैन, यसलाई सरकारमा जान दिनुहुन्न । हामीले भन्यौं- त्यो जनमतको अपमान हुन्छ, माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ । कान्तिपुरको यहा“सम्मको यात्रा विवेकलाई बन्धकी राखेर तय भएको होइन, विवेकको आवाज सुनेर भएको हो ।

हामीलाई लाग्यो, गणतन्त्र संस्थागत गर्न एउटा सांकेतिक हिसाबले पनि र व्यावहारिक हिसाबले पनि राष्ट्रपतिको आवश्यकता छ । हामीले त्यही लेख्यौं । माओवादी चाहन्थ्यो, प्रधानमन्त्रीले नै राष्ट्रप्रमुखको काम गरोस् । हामीलाई लाग्यो, त्यसले जनतामा भ्रममात्र उत्पन्न गर्नेछ । माओवादीले संविधानसभाको बैठकको दिन सम्झौता नगरेको भए गणतन्त्र आउने थिएन भनेर तपाईंले भन्नुभएको छ । राजा वीरेन्द्रसंग माओवादीले सहकार्य गरेको, ज्ञानेन्द्रस“ग राजनीतिक लेनदेनका लागि माघ १९ को शाही ‘कू’ अगाडि हात बढाएको र राजाका शासनकालमा कान्तिपुरलाई दिएको अन्तर्वार्तामा तपाईंले ‘गणतन्त्र नभनुन्जेल राजाले कहा“ सेरेमोनियल राजतन्त्रका लागि तयार हुन्छन्’ भन्ने अभिव्यक्ति दिएको थाहा पाउने हामीलाई गणतन्त्रप्रति को कति प्रतिबद्ध थियो भन्ने बहस नै निर्रथक लाग्छ । तर अहिले त्यतातिर नजाऊं ।

राष्ट्रपति राख्ने व्यवस्था भइसकेको छ र अबको चुनौती भनेको कसरी राजनीतिक सन्तुलन मिलाउने र सरकार निर्माण गरी कसरी दुइ वर्षभत्र नयां संविधान लेख्ने भन्ने हो । माओवादीको शब्दावली सापट लिएर भन्नुपर्दा अहिलेको संविधानसभा भनेको ‘हरुवाहरू’को सभा हो । त्यहां कसैको बहुमत छैन । प्रश्न कसले धेरै हार्‍यो भन्नेमात्र हो । तर माओवादीको दम्भ हेदा लाग्छ, अरू सबै हरुवा र ऊमात्र दुइ तिहाइको जितुवा हो । मलाई व्यक्तिगत रूपमा त अझ पनि लाग्छ, माओवादी चाहन्छ भने उसलाई एकलौटी सरकार बनाउन दिनुपर्छ । तर राजनीतिक शक्ति सन्तुलनका हिसाबले र जनमतका हिसाबले पनि ऊ राष्ट्रपति र प्रधानमन्त्री दुवै पदको हकदार हुन सक्दैन । तर मलाई लागेको कुरा लेख्न पाउने कि नपाउने – बोल्न पाउने कि नपाउने – एउटा पत्रिका अथवा पत्रकारले आफ्नो कुरा लेखेकै भरमा र्सार्वजनिक रूपमा माओवादीको चेतावनी किन पाउनुपर्ने – यी सबै प्रश्न अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मसंग जोडिएका विषय हुन् ।

टुंडिखेलको भाषणमा तपाईंले आफ्नो पार्टीले बहुदलीय प्रतिस्पर्धामाथिको प्रतिबद्धतामा प्रश्न नगर्ने अनुरोध टुङ्गयाउन नपाउंदै कांग्रेस र एमालेले आफूले भनेजस्तो नगरे ‘जनगणतन्त्र’ ल्याउने धम्की दिनुभयो । दर्भाग्यवश, यी दुइ अभिव्यक्तिबीच कति अन्तरविरोध छ – लोकतन्त्र कहिले सुदृढ हुन्छ भन्नेमा राजनीतिशास्त्री हुवा ए लिन्जको एउटा मार्मिक भनाइ छ । उनी भन्छन्, ‘लोकतन्त्र तब सुदृढ हुन्छ, जब यसका प्रमुख खेलाडीहरू लोकतन्त्रको विकल्प देख्दैनन् ।’ तर माओवादी हरेक क्षण यसको विकल्प देख्छ । आफूले भनेजस्तो भए लोकतन्त्र, नत्र जनगणतन्त्र भन्छ । अनि त्यो विरोधाभाषको आलोचना नगर्न खुल्लमखुल्ला आम सञ्चारमाध्यमलाई चेतावनी दिन्छ ।

तुलसी गिरी बहुदलीय व्यवस्थाको विकल्प छ र नेपालमा त्यो सम्भव छ भन्नेमा विश्वस्त थिए । उनी र्सार्वजनिक समारोहमा आउनेबित्तिकै मिडियालाई र कान्तिपुर पब्लिकेसन्सलाई नामै लिएर गाली गर्थे । ‘प्रचण्डपथ’ तुलसी गिरी पथसंग मिल्नु विडम्बना हो । तपाईंले त्यसैबाट शिक्षा लिए राम्रो ।

ameet@kantipur.com.np

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: