CANDOR

A worldview by a candid mind >>>

जीवनको मुस्कान

Posted by Thaneshwar on मे 26, 2008

अरुणा उप्रेती

भूकम्प गएको ७० घन्टापछि सैनिकहरूले ८ महिनाको बच्चा र उनकी बज्यैलाई पुरिएको घरबाट निकालेपछि सैनिकहरू पनि खुसीले रोए । टीभीबाट सैनिकहरूले बिस्तारै घरबाट इ“टा हटाउ“दा दुइटा साना-साना खुट्टा देखिए । भित्रबाट बज्यै बोलिरहेकी थिइन् ।बालकलाई सानो प्वालबाट निकालेर दूध ख्वाउ“दाखेरिको दृश्य, भूकम्पको यो त्रासदीमा एउटा अति सुन्दर दृश्य थियो । टाउकोमा केहीमात्र चोट लागेको बालकले मज्जास“ग दूध चुसेर, दुइटा दा“त देखाएर हा“स्दा सैनिकहरूले एकअर्कालाई अ“गालो मारेका थिए । त्यसको एक घन्टापछि बज्यैलाई निकाले । बज्यैचाहि“ ‘मेरो नाति खोइ’ भन्दै आ“सु खसालिरहेकी थिइन् ।

बेब्युयान सहरको भत्केको स्कुलबाहिर ४० घन्टापछि एउटा बालक निकालियो । त्यसमा पनि सैनिकहरूको खुसीले आ“सु खसेको थियो । बालकलाई स्टेचरमा राखेर “के खाने” भन्दा “कोला खान मनलागेको छ” भनेर भन्दा वरिपरिका बासिन्दाको अष्त्रुपुरित नेत्रमा मुस्कान आयो ।
पचास हजारभन्दा बढी जनाको जीवन लिएको र दसौं हजार जना घाइते भएको यो भूकम्प चीनको इतिहासमै ठूलो भनिएको छ । २ करोड प्रभावित भएका छन् । “यतिका धैरै स्कुल किन पुरिए – कतै बन्दाखेरि कमसल मालसामान प्रयोग गरिएका थिए कि -” भन्ने प्रश्न उठ्न थालेका छन् । जनताबाट धेरै प्रश्न आएपछि बेइजिङबाट भनिएको छ, “यतिका धेरै स्कुल भत्किएको कारण पत्ता लगाउन कोसिस गरिनेछ ।”

यसपालीको भूकम्पमा चीन सरकारले देखाएको खुलापनले सा“च्चिकै चीनको नया“ विचार प्रस्तुत गरेको छ । घन्टा-घन्टामा कसरी काम भइरहेको छ, अस्पतालमा कति र कस्ता बिरामी आए, डाक्टर र स्वास्थ्यकर्मीले कसरी अहोरात्र काम गरिरहेका छन् भन्ने समाचारस“गै मानवीय समवेदनाका अन्य पक्ष पनि देखाइएको छ । टीभीबाट लगातार तीसजना डाक्टर जो अहोरात्र अस्पतालमा खटिरहेका छन्, ९० घन्टा भइसक्दा पनि तिनका छोराछोरी ज्ाो स्कुलमा पुरिएका छन्, तिनको पत्तो छैन । ती डाक्टरहरू आफ्नो दुःख दबाएर भूकम्पमा आएका पीडितहरूको उद्धारमा लागेका छन् । टीभीका समाचारदाताले आ“सुले भरिपर्ूण्ा भएको स्वरमा भने, ‘डा ली -नाम फेरिएको) ले भने, मलाई थाहा छैन, मेरो छोरीको अवस्था के छ । तर डाक्टर भएको  नाताले मेरो अरूप्रतिको कर्तव्य गरिरहेको छु ।’

उनको शब्दमा वेदना थियो, आ“खामा आ“सु थियो, तर १२ घन्टा लगातार काम गरिरहेका डाक्टर एउटा उज्ज्वल उदाहरण थिए र उनको काम भूकम्पको त्रासदीमा जीवनको मुस्कान पनि थियो ।

तीस लाख घर पर्ूण्ारूपमा भत्केका छन् । एक करोड पचास लाख घर बस्न नहुनेगरी भत्केका छन् । यस्तो त्रासदीमा मृत्युसाथै यस्ता ‘दय छुने कथा पनि सुनिएका छन्, जसले मानव कति सहजस“ग मृत्युलाई र दुःखलाई अंगीकार गरेर अगाडि बढ्छ भनेर उदारण पनि देखाएको छ । घरभित्र पुरिएर फलामबाट थिचिएकी १२ वषर्ीया बालिकाको जसलाई सैनिकहरूले पानी दिइरहेका थिए, उनी पुरिएकै अवस्थामा थिइन्, सैनिकहरू फलाम काटेर उनलाई निकाल्न कोसिस गदै थिए । हातमा पानी लिएर स्पष्ट भाषामा ती बालिकाले भनिरहेकी थिइन्, “मलाई विश्वास थियो, मलाई बचाउन तपाईंहरू आउनुहुनेछ ।” ४ घन्टाको प्रयासपछि झन्डै ६० घन्टा घरभित्र पुरिएकी बालिका बाहिर निस्कि“दा उनको खुट्टा भा“च्चिएको थियो, तर थिइन् मानसिक रूपमा अत्यत सबल, कति बहादुरपना, कस्तो साहस, कस्तो मानसिकता एक १२ वषर्ीया बालिकाको । सैनिकहरूले ताली बजाएका थिए । उनलाई बाहिर निकालेर स्टेचरमा राख्दा हामी हर्ेर्ने मानिसचाँहि“ टीभी हेरेर रोएका थियौं खुसीले, तर सबै घटनाहरू यस्तै सुखदचाहि“ थिएनन् ।

४८ घटनासम्म स्कुलभित्र पुरिएको, गितार खेल्न र चित्र बनाउन मनपराउने १० वर्षो एक बालकको जीवनरक्षा त भयो,  भत्केको घरबाट निकाल्दा, तर उनको दुवै हात फलामले किचिएको थियो, भत्केको घरमा त्यसैले उनको दुवै हात काट्नुपर्‍यो ।  “उनको जीवन बचाउन हामीस“ग अरू कुनै उपाय थिएन । हातको मासु कुहिसकेको थियो । हात नकाटे विष शरीरभित्र छिटै फैलिएर उनको जीवन खतरामा हुन्थ्यो ।”

डाक्टरहरूका लागि यस्तो क्षण बडो गाह्रो हुन्छ । जीवन बचाएकोमा प्रसन्नता तर हातखुट्टा जीवन बचाउन काट्नुपर्दाको दुःख स“गै हुन्छ । यस्तो बेलामा आउने भावनालाई शब्दमा व्यक्त गर्न सकिन्न ।

स्वास्थ्यकर्मीले जीवन बचाउने काम त गर्नैपर्छ, तर मानसिक रूपमा दुःखले क्षतविक्षत मनलाई सान्त्वना दिने काम गर्नुपर्छ । यस्तो बेलामा स्वास्थ्यकर्मी आफैं पनि मानसिक रूपमा सबल हुनर्ुपर्छ । “हाम्रो मानसिकता बलियो छ । शारीरिक रूपमा हामी थकित छौं । झन्डै २० घन्टा भयो, अस्पतालमा लगातार काम गरेको तर मानवीय जीवन बचाउन हामी तयार छौं ।” स्नायुरोग विशेषज्ञ र शल्यक्रिया गरिरहेका डाक्टरले अस्पतालको कक्षबाटै भने, “यस्तो बेलामै मानिस ‘दय र शरीर कति बलियो हु“दोरहेछ भनेर देखिन्छ ।’

स्कुलमा पुरिएका बच्चाहरू जीवितै छन् कि भन्ने आशाले सय घन्टा बितिसक्दा पनि मातापिता बसिरहेका छन् । उनीहरूको मुटुको टुक्रा स्कुलभित्र छ । छोडेर पनि कहा“ जाउन् – आफ्नो सन्तानलाई पीडा भएको छ कि भन्ने भावनाले आमाबाबुहरूको आ“खाबाट बगिरहेको आ“सुले सबैजनालाई द्रवित बनाएको छ । दैवीप्रकोपको अगाडि मानिस कति विवश हु“दोरहेछ । उफ् यस्तो पीडा । यही पीडामा जीवनको आशा पनि छ । आफ्ना साथीहरूलाई भत्केको पर्खालबाट बचाउन खोज्दा आफूचाहि“ पर्खाल भत्किएर दुइटै खुट्टा भा“च्चिएर एक १२ वषर्ीय बालक शल्यक्रिया गरेर अस्पतालमा छन् । मानसिक रूपमा ती बालक सबल छन्, “मलाई जहिले पनि अरूको सहायता गर्नुपर्छ भनेर सिकाइएको थियो । त्यसैले मैले मेरा साथीहरूलाई बचाउन कोसिस गरे“ ।”

टीभीमा बालकले यसो भनिरह“दा आमाचाहि“ रोइरहेकी थिइन् । उनको आ“सुमा खुसी र दुःख दुवै मिसिएको थियो । “छोराको जीवनका लागि म खुसी छु । अझ उसको स्वास्थ्य के हुने हो भनेर मेरो वेदना भइरहेको छ” भनेर आमाले भनिन् । बालकलाई उपचार गर्ने डाक्टरले भने, ‘यो बालकको बहादुरपनलाई हामी सलाम गर्र्छौं ।’

चीनको समाचारले सम्पर्ूण्ा मानवतालाई दुःखित बनाएको छ । र यो बेला देशी-विदेशी सबैले दिल खोलेर सहायता गरेका छन् । पैसा उठाइरहेका छन्, रगत दिइरहेका छन् । कुनै पनि सहायता गर्न तयार छौं भनिरहेका छन्, विभिन्न अन्तर्रर्ााट्र्र्रय संस्थाहरू । दैवीप्रकोप भइसकेपछि यस्तो किसिमको मानवीय र नैतिक र्समर्थनले चीन द्रवित भएको छ भनेका छन्, यहा“का बासिन्दाले । सायद यो दुःखको घडीमा यस्तो सहायता र र्समर्थनचाहि“ जीवनको मुस्कान हो । यही भावना मैले आफ्नो डायरीमा लेखेकी छु ।

-चीनबाट)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: