CANDOR

A worldview by a candid mind >>>

कांग्रेसको अबको बाटो

Posted by Thaneshwar on मे 11, 2008

अर्जुननरसिंह केसी

संविधानसभा निर्वाचनपछि पहिलोपटक र पार्टी एकीकरणपछि दोस्रोपटक पार्टी केन्द्रीय समितिको पूर्ण बैठक चलिरहेको छ । यो समीक्षा वा चिन्तन बैठकमात्र नभएर परिवर्तित राष्ट्रिय सर्न्दर्भमा समयसापेक्ष भूमिकाका लागि पार्टी सुद्धीकरण र लोकतन्त्र सुदृढीकरणमा दूरगामी महत्त्वका निर्णय र स्पष्ट दिशानिर्देश गर्ने अभ्यास हुनुपरेको छ । पार्टीले जीवनमा यति अनपेक्षित परिणाम कांग्रेसले कहिल्यै बेहोर्नुपरेको थिएन । यसमा धेरैवटा कारण मिसिएका छन् । सबैभन्दा पहिलो कारण हामी हौं र यथोचित नैतिक जिम्मेवारी लिऔं।
कटु यथार्थ

१. उम्मेदवारीको टिकट वितरण गर्दैदेखि गल्ती भएका छन् । यत्रो ऐतिहासिक महत्त्वको निर्वाचन प्रक्रियामा एकपटक पनि पार्टी केन्द्रीय समितिको बैठक बोलाइएन । उम्मेदवारीको टिकट वितरण गर्दा लोकतान्त्रिक, संस्थागत र पारदर्शी प्रक्रिया अपनाइएन, कामको मूल्यांकन, संगठनात्मक क्षमता र जनाधारको स्थितितिर ध्यान दिइएन, निजात्मक वा मनोगत रुचि र प्रियताका आधारमा टिकट वितरण गरिएका अनगिन्ती उदाहरण छन् । आन्दोलनमा निरन्तर खटेका इमानदार तथा निष्ठावान् मात्र नभएर सयौं होनहार युवा, जनजाति, दलित, मधेसी, महिलालगायत पेसागत समुदायमाथि टिकट प्रदान प्रक्रिया अन्यायपूर्ण र विवादास्पद हुनपुग्यो ।

२. वास्तविकता तीतो हुन्छ र जिद्दीवाल पनि हुंदो रहेछ । निरपेक्ष गरिबीको रेखामुनिका जनसमुदायको मत ठूलो मात्रामा हामीबाट लाखापाखा लागेको पाइन्छ । माओवादीले समाजको सीमान्त जनसमुदायको मत मात्र पाएको छैन, कांग्रेसका पार्टी विद्रही अन्तरघातबाट समेत मत पाएको अनुभव मैलाई छ । आफ्नै पार्टीले उम्मेदवारविरुद्ध माओवादीसंग सांठगांठ भएको जानकारी देशभरिबाट प्राप्त भएको छ । ०५६ यता ८ वर्षो अन्तरालमा करिब ९५ लाख मतदाता थपिए । त्यसमध्ये करिब ४० लाख नयां पुस्ता वा युवा मतदाता छन् । नयां पुस्ता वा युवालाई पार्टरीले आफ्नो पक्षमा उत्साही बनाउन सकेन । यसको उत्तर हामीले आफैभित्र खोज्नुपर्छ । चुनाव-परिणाम तथ्यांकले युवा पुस्ता र दलित समुदायलाई क्रियाशील गराउने र हित हुने कांग्रेसको कार्यक्रमको खांचो संकेत गरेको छ । न्यून आर्थिक स्थितिका जनसमुदाय कांग्रेसबाट विचलित हुनमा सरकारको अर्थनीतिको दोषको परिणाम पनि प्रतिबिम्बित भएको छ । एउटा कम्युनिस्ट पार्टी ी्रमको पुलिन्दा, झूटको खेती र सपनाको व्यापार चलाएर जनताको मत हासिल गर्न सक्छ तर हाम्रा लागि ‘समाजवाद‘ बिर्सिइएको शब्द जस्तो हुन पुगेको छ । कांग्रेसको आर्थिक एजेन्डाबारे स्पष्टता एकदमै जरुरी छ । एक वर्षमा देशबाट १२ अर्ब रुपैयां -पुंजी) गायब भइसक्यो । यो क्रम चालु छ । पुंजी पलायन तथा गायब हुने दुरावस्था रोक्ने हामीसंग के उपाय छ – आर्थिक एजेन्डा निम्ति हामीले समायोजन तथा नेतृत्व दिनुपर्ने खांचो खट्किएको छ । 

३. कांग्रेस एकीकरण ‘दल मिलेको तर दिल नमिलेको’ रूपमा जनतासम्म पुग्यो । पार्टी भन्दा पार्ट महत्त्वपूर्ण देखियो । यस्तो गुटबन्दी अन्ततः हाम्रो यदुवंशी प्रवृत्ति र बर्बादीको कारक भएर चुनावी मैदानमा कतै धेरै कतै कम देखापर्‍यो ।

४. चुनावी अभियान, रणनीति, व्यवस्थापन तथा पार्टीले लक्ष्य र प्रतिबद्धता झल्काउने नारा तय गर्न सकिएन । पार्टर्ीीे फितलो तथा प्रभावहीन प्रचार व्यवस्थापनले जनस्तरमा प्रभाव देखाउन सकेन । नेतृत्व पंक्तिका केही व्यक्ति एउटा क्षेत्र विशेषको प्रत्यक्ष निर्वाचनमा अल्मलिनुभन्दा समानुपातिक सूचीमा रहेर देशव्यापी चुनाव अभियान सञ्चालन गर्न मैले प्रस्ताव गरेको थिए“, त्यसको आवश्यकता देखिएन ।

५. निर्वाचन सम्पन्न गर्ने मात्र भनियो, त्यसका लागि प्रशासनिक व्यवस्थापन, पार्टीलाई जनाधारसम्म पुग्ने सुरक्षित उपाय, अनुशासनहीनताविरुद्ध पूर्वसावधानी, अन्य पक्षसंग भए-गरेका सम्झौता र सहमतिको परिणाम तथा प्रभावबारे हामीले देशव्यापी रूपमा उपयोगी हुने संस्थागत चिन्तन, समीक्षा र निष्कर्षबनाएनौं । सरकार सबैभन्दा भ्रममा थियो र माओवादीका यावत फर्माइस पूरा गरेपछि चुनाव जितेर ठूलो पार्टी भैहालिन्छ भन्ने कोरा र सतही कल्पना भयो । उम्मेदवारकै शान्तिसुरक्षा नभएर धेरैवटा जिल्लामा सांघातिक हमलाको सिकार भएपछि उम्मेदवारको त सुरक्षा गर्न नसक्ने सरकारले मतदातालाई के सुरक्षा दिनसक्छ भन्ने अविश्वास बढेर आयो । हाम्रा मन्त्रीहरूबाट पार्टी जनाधारको प्रतिनिधित्व गर्नुको सट्टा आत्मकेन्द्रित, आफ्नो निर्वाचन क्षेत्रमा मात्र केन्द्रित र नितान्त निर्दलीय गतिविधि देखाइयो । सरकारतिरबाट सिंगो पार्टीलाई खतरातिर धकेलिएको छ । मुख्य प्रतिस्पर्धी पार्टीकुन हो भन्ने सवालमा ताजा सूचना पाउने सुविधा भएको सरकार आफैं अनभिज्ञ र भ्रममा रह्यो ।

६. माओवादी पीडितको संख्या लाखौं छ । पार्टीले त्यो जनसमुदायलाई परिचालन गर्न सकेन । माओवादीबाट घरजग्गा लुटिएका, पिटिएका र विस्थापित बनाइएकाको मनोबल गिराउने र निराश बनाउने काम मात्र सरकारबाट बारम्बार भइरह्यो । त्यसमाथि पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा लुकेर षड्यन्त्र गर्नेले सो पीडित जनसमुदाय तथा जनाधारलाई चिढाउने काम गरे ।

७. हामीले माओवादीलाई डोर्‍याउंदै शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिको मूल प्रवाहमा ल्याएका हौं, माओवादीले ठोक्दै, पिट्दै, तर्ससाउंदै ‘जनवादी गणतन्त्र’ नामक एकदलीय अधिनायकवादतिर घिसारिन लागेका होइनौं भन्ने सन्देश र विश्वास आमजनतामा पुर्‍याउन सकेनौं । मुखर ढंगले प्रस्तुत भएको प्रचण्डको पछिल्लो अन्तर्वार्ताको यो अंशले प्रस्ट पार्छ- ‘हामी अहिले सामन्तवाद अन्त्य गर्दै जनगणतन्त्रमा जान संक्रमणकालीन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न गइरहेका छौं । ………. नेपाली कांग्रेस जस्तो पार्टीबाट संसदीय गणतन्त्रभन्दा अगाडि जान नदिने कोसिस हुन्छ । हाम्रो कोसिस त्यहांबाट जनवादी गणतन्त्रतिर लैजाने हुन्छ । ……….. अहिले हामी र च्याङ् काइसेकहरू एकै ठाउं बसेका छौं । ………. ‘

-नेपाल सा. १५ वैशाख २०६५) टीभीमा उनैले भनेको एउटा वाक्य बारम्बार बजिरहन्छ- ‘सबैभन्दा ठूलो कुरा बन्दुक र पैसा हो ।’

लोकतन्त्र सुदृढीकरणमा क्रियाशील हामी यस्ता प्रकरणमा जागरुक र गम्भीर बन्नुपर्छ । चुनाव क्रममा माओवादी नेता बाबुराम भट्टर्राईले विभिन्न आमसभामा, ‘हामी हार्ने भयौं भने मतगणना गर्दागर्दै विद्रोह गर्छौं र सत्ता कब्जा गर्नेछौं’ भन्दै माओवादीले मतदातालाई आतंकित बनाउने अभियानै चलाए । लोकतन्त्र र अतिवाद संगसंगै जान सक्दैनन् भनिन्छ तर यस चुनावमा अतिवादले लोकतन्त्रलाई वशीभूत बनायो । विवेकभन्दा त्रास, विचारभन्दा धम्कीको बोलवाला देखापर्‍यो । उत्साहको अल्पमत र निराशाको बहुमत अगाडि आयो । अन्योल र अनिश्चयको परिणामस्वरूप जनतामा मत र मनविभाजन व्याप्तछ भन्ने त्रिशंकु संविधानसभा संरचनाले प्रतिबिम्बित गरेको छ ।

अब के गर्ने –

पार्टीसुधार

१. कांग्रेसले परिवर्तनलाई थेग्ने र सफलताको उचाइमा पुर्‍याउने संवाहक शक्तिका रूपमा भूमिका गर्नुपर्छ । यो असाधारण तथा ऐतिहासिक जिम्मेवारी हामी अन्यत्र हस्तान्तरण गर्न सक्दैनौं । यसका लागि कांग्रेसमा व्यापक रूपबाट शक्ति सञ्चय गर्नु जरुरी छ । परिवर्तनको कार्यसूचीलाई मूर्तरूप दिनमा कतैबाट आलटाल, सतही लटरपटर र बहानाबाजी भए मुलुकप्रति गद्दारी ठहर्नेछ ।

२. पार्टीको संस्थागत विकास, आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व, कार्यकर्तामा आधारित पूर्ण समावेशी संगठनात्मक पुनः संरचना, अनुशासनजस्ता अनिवार्य कार्यमा हामीले समय र मेहनत लगाउनु अत्यावश्यक भएको छ ।

३. पार्टी शुद्धीकरणको प्रक्रिया चलाउनु अनिवार्य छ । यसका लागि पहिलो कदम चुनावमा पार्टीविद्रोही गतिविधि चलाएका भनी अनुशासन कारबाहीको उजुरी परेर अभियुक्त भएका विवादास्पद व्यक्तिलाई कारबाही किनारा नगरुन्जेल कुनै पनि मनोनयन, नियुक्ति वा सिफारिसमा नपार्ने निर्णय गरिनुपर्छ ।

४. निर्वाचनको सम्पूर्ण विवरण, तथ्यतथ्यांक, अन्तरघात तथा पार्टीविरोधी अपराध र मतदातालाई आतंकित तथा विवश बनाइएका सम्पूर्ण घटनाबारे अनुगमन तथा छानबिन गर्न विशेषाधिकार सम्पन्न उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्नुपर्छ । यसैका आधारमा पार्टका विद्रोही तथा निर्वाचनका अपराधीलाई कडा कारबाही गर्नुपर्छ ।

५. पार्टीको बाह्रौं महाधिवेशनको यथाशीघ्र तयारी गरिनुपर्छ । यसका निम्ति महाधिवेशन तयारी समितिको गठन कार्य तुरुन्त सुरु गर्नुपर्छ ।

६. पार्टीलाई अब मास बेस्ड पार्टीको रूपमा सञ्चालन गर्न गाह्रो छ । कडा अनुशासनयुक्त काडर बेस्ड पार्ट बनाइनुपर्छ ।

७. चुनावमा पार्टीका भ्रातृसंगठनहरूको परिचालनमा देखिएको कमीकमजोरीले आगामी दिनमा पार्टीका भ्रातृसंगठनहरूको संगठन-संरचना, सशक्तीकरण र प्रभावकारी परिचालनका लागि विशेष जोड र मिहिनेत लगाउनुपर्नेछ ।

८. आन्तरिक लोकतन्त्र, संस्थागत र संगठनात्मक कार्यप्रक्रियामा कांग्रेस कमजोर छ । पार्टी नीति-प्रधान बाटो छोडेर नेता-प्रधान हुंदै अब नाता-प्रधान हुन थालेको गुनासो छ । पार्टको जीवन मूल्यमा यस्तो प्रवृत्ति घातक हुने हुनाले शुद्धीकरण अभियान चलाइहाल्नुपर्छ ।

संविधान निर्माण र शान्ति प्रक्रियाको टुंगो :

९. नयां संविधानअनुसार चुनाव नभएसम्म व्यवस्थापकीय कार्य तथा सरकार निर्माण प्रक्रियामा कांग्रेसको जिम्मेवारीको टुंगो लगाइहाल्नुपर्छ । बाह्र बुंदे समझदारीदेखि २३ बुंदे सहमतिसम्म र यसभित्रका अन्य सहमति र सम्झौता हाम्रै नेतृत्वमा भएको हुनाले हामीले यी सबै सहमतिका अतिरिक्त आदिवासी जनजाति, महिला, दलित, तर्राईका विभिन्न पक्षसंगको सम्झौता कार्यान्वयन, सहमति र सहकार्यको संस्कृति निर्माणमा अग्रणी भूमिका र जिम्मेवारी पूरा गर्नुपर्छ । मधेसी जनाधिकार फोरम, तर्राई मधेस लोकतान्त्रिक पार्टीलगायत यथोचित जनादेश पाएका नवोदित शक्तिसंग हाम्रो सहमति र सहकार्यका विन्दु पहिल्याउन जरुरी छ ।

१०. नयां संविधानमा तर्राईको सम्मानजनक स्थान कहां – यसको विशेष गृहकार्य र तयारी कांग्रेसले गर्नुपर्छ । तर्राई समाजले नेपालभित्रै समानता, सम्मान र स्वाभिमानयुक्त अस्तित्व -तीन ‘स’) खोजेको छ । यो मनासिब मागलाई राष्ट्रिय आवश्यकताको रूपमा पूरा गर्ने पहल, प्रयास र समन्वयको जिम्मा कांग्रेसकै हो । 

११. संविधान निर्माण, राज्यको संघीय संरचना निर्धारण र शान्ति प्रक्रियालाई तर्कसंगत टुंगोमा पुर्‍याउनुपर्ने तीन महत्त्वपूर्ण जिम्मेवारी छन् । राज्यको संघीय संरचनाको अर्थ राज्य संगसंगै नेपाली जातिको भावनात्मक विभाजन नहोस्, जातीय पार्थक्य तथा त्यसबाट पैदा हुने नयां संकटबाट जनतालाई ग्रसित बनाउने काम हुन नपाओस् । यसबारे हामीले गम्भीर गृहकार्य तथा तयारी गर्नुपर्ने नितान्त जरुरी छ ।

१२. अन्तरिम संविधानमा सातदलीय सहमतिको प्रावधान असान्दर्भिक तथा संशोधनीय छ । गणतन्त्र कार्यान्वयनपछि के ? यसमा पनि संविधान संशोधनसहित स्पष्टता जरुरी छ ।  अन्तरिम संविधान यसबारे मौन तथा अस्पष्ट छ । माओवादी सुविधाजनक बहुमत नभएको एकल ठूलो पार्टीमात्र भएको छ, अतः बहुमतीय प्रणालीको सरकार गठन गर्न अन्तरिम संविधान संशोधन आवश्यक भएको छ । माओवादीले दुइ तिहाई बहुमतसहितको सरकार बनाउने सहमति जुटाउन सक्नुपर्छ अथवा संविधान संशोधनका लागि तयार हुनुपर्छ । संविधान संशोधनका लागि माओवादी तत्पर नभए दुइ तिहाई बहुमतको समर्थन जुटाउने जिम्मेवारी वा चुनौती उसैको हो ।

सरकारमा सहभागिताको प्रश्न :

१३. हामीलाई सरकारमा जान होइन, सरकारबाहिर रही गुण र दोषका आधारमा सरकारको र्समर्थन र विरोध गर्ने जनादेश छ । माओवादीले दुइ तिहाई त के सामान्य बहुमत पनि प्राप्त गरेको छैन । तर्सथ एकल ठूलो पार्टीका रूपमा बहुदलीय शासन प्रणालीका अन्तराष्ट्रिय आधारभूत मान्यताअनुसार प्रचलित अन्तरिम संविधान संशोधन गरी माओवादीलाई सरकार चलाउन दिनु उचित हुन्छ ।

कांग्रेस नयां सरकारमा सहभागि हुनु आत्मघाती मात्र हुन जान्छ । समकालीन राजनीतिका सर्वोच्च व्यक्तित्व हाम्रा पार्टी आदरणीय सभापतिको नेतृत्वमा बनेको सरकारको आज यो हालत छ भने माओवादी नेतृत्वको सरकारमा जाने दुइ चारजना मन्त्रीबाट के आशा गर्ने – यो निर्रथक मात्र होइन, कांग्रेसको निम्ति र्सवनासको सोचाइ मात्र हुन्छ । माओवादीले जनतालाई दिएको असम्भव र निराधार आश्वासन पूरा नहुने र जनतामा चांडै मोहभंग हुने अवस्थाको बहाना हामी बन्न नपुगौं । हामी कसैको अचानो बन्ने काम पनि नगरौं । सरकारबाहिरै बसेर सहकार्य हुनसक्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको अपरिवर्तनीय मूल्यमान्यता र सिद्धान्तको स्पष्ट परिभाषा तय गरेर मूल्यपद्धतिको राजनीतिलाई मापदण्ड बनाउंदै गुण र दोषका आधारमा र्समर्थन र विरोधका नीति तथा भूमिका कांग्रेसले अपनाउनर्ुपर्छ । नेपाल मजदुर किसान पार्टीले बाहिरै बसेर सातदलीय सहमतिलाई निरन्तरता दिएको उदाहरण छ । अन्तरिम संविधान संशोधन, बहुमतीय प्रणाली, सातदलीय सहमतिको समयसापेक्ष तथा नयां स्वरूप निर्धारण गर्ने, नयां संविधान निर्माण, शान्ति प्रक्रिया तार्किक टुंगोमा पुर्‍याउने एवं सहमति र सम्झौताको भरपर्दो कार्यान्वयनजस्ता जिम्मेवारीमा हामी माओवादीसंग सहकार्य गर्न सक्छौं र गर्नुपर्छ ।

अहिले पनि कांग्रेस जनमतमा सशक्त र प्रभावशाली छ । सैद्धान्तिक तथा नीतिगत पक्षमा हामी विजयी छौं । यसलाई नयां युगानुकूल संगठित गर्नुका साथै सिमान्तकृत तथा उपेक्षित जनसमुदायसम्म पार्टीलाई सशक्त ढंगले पुर्‍याउनु हाम्रो चुनौती हो । एउटा चुनावको प्रतिकूल परिणामले हाम्रा जिम्मेवारी र भूमिका घटाउन सक्दैन ।

(-केसीले यो विचार शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरेका हुन् ।)

साभार : कान्तिपुर ११ मे, २००८

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )