CANDOR

A worldview by a candid mind >>>

वधाई माओवादी !

Posted by Thaneshwar on अप्रील 12, 2008

ऐतिहासिक संविधानसभाको चुनावका प्रारम्भिक परिणामहरु आइरहेका छन। तर चुनावि परिणाम भने राजनैतिक दल र अन्तराष्टिय शक्ति केन्द्रहरुले गरेका पुर्वानुमान भन्दा ठिक विपरित दिशा तर्फ गइरहेका छन। प्रारम्भिक नतिजा अनुसार नेकपा माओवादीले वहुमत प्राप्त गर्न सक्ने प्रवल संभावना छ। चुनाव नतिजा माओवादी आफैले सोचे भन्दा पनि राम्रो आएको छ।

यो चुनावले नेपाली जनताको परिवर्तनशान्तिको चाहानालाई प्रस्ट रुपमा इंगित गरेकोछ। आफ्नो गौरवमय इतिहांस, आदर्श र सिद्दान्त अनि देश र जनता प्रतिको कर्तव्य विर्सेर विदेशि शक्ति राष्टको समर्थन र सहयोगको आडमा संधै जालझेल र गुटवन्दि गर्दै देशलाइ यथास्थितिमा राख्न खोज्ने वर्तमान नेपाली कांग्रेसको नेतृत्व र संधै धुलमुले नीति लिने अवसरवादि एमाले नेतृत्व बाट नेपाली जनताले आसा मारेको संकेत हो यो। पक्कै पनि जन-आन्दोलन २०६२-६३ पछि मात्रै भएपनि आफ्नो पुरानो अहं र दम्भ छाडेर नेपाली कांग्रेस र एमालेले आफुलाइ जन आकांक्षा अनुकुल परिवर्तन गर्न सकेको भए यस्तो लज्जास्पद दुस्परिणाम भोग्नु पर्ने थिएन । जनता परिवर्तनका लागि एति विघ्न व्यग्र छनकि राजा ज्ञानेन्द्रले सत्ता हुत्ताउंदा पनि यदि शान्ति स्थापना हुन्छ र देशले गति लिन्छ भने ठिकै हुन्छ भनेर धेरै समय सम्म मौन समर्थन गरेर बसे। तर राजाको शाशन जन-इच्छा अनुसार हुन संभव पनि थिएन र भएन पनि तसर्थ नेपालि जनताले तत्कालिन विश्वलाइनै चकित पार्दे निरंकुश राजतन्त्रको अन्त्य गरिदिए। तत्पश्चात नेपाली कांग्रेस र एमालेले जन आकांक्षा अनुसारको परिवर्तनको नेतृत्व लिनु पर्नेमा यथास्थितिवादमै रहने प्रयास गरे। कांग्रेस पार्ति भित्रको पुरानो गुटवन्धिको संस्कार पु:न जिवित बन्यो। जन आन्दोलनको नेतृत्व गरेका र परिवर्तनका वाहक युवाहरुलाइ पार्टी नेतृत्व र अवसरबाट बन्चित गर्दे उहि परिवारवाद, नातावाद र कृपावादलाइ सक्रिय पार्दे लगियो।

२००७ साल देखिको नेपाली राजनितिको विश्लेशण गर्ने हो भने नेपाली जनताले जहिलेसुकै परिवर्तनगामि शक्तिलाइ साथ र अवसर दिएका छन तर परिवर्तनको चाहाना पुरा नहुंदा नयां शक्तिहरु देखा परिरहेका छन। यो चुनावले माओवादीले उठान गरेका एजेण्डाको जित तर उनिहरुले अवलम्वन गरेको युद्दको तरिकाको हार भएको प्रमाणित गरेको छ। एउटा कुरा के पक्का हो भने चुनावको मुख सम्ममा आईपुग्दा पनि माओवादिहरुलाइ जनताको मत र शान्तिपुर्ण आन्दोलन प्रति पूण विश्वास थिएन। यसलाइ उनिहरुले एक प्रयोगको रुपमा मात्र लिएका थिए । तर राजा, कांग्रेस र एमालेबाट वाक्क जनताहरुले एकपटक माओवादीलाई पनि हेरौं न भनि आफ्नो अमुल्य मत दिएका हुन। माओवादीले प्राप्त मत उसका पार्तिगत मत भन्दा तटस्थ मत र अन्य राजनैतिक दल समर्थक असन्तुस्ट मतदाताहरुको मत भारि छ। तसर्थ यो जित नेकपा माओवादिलाइ पनि त्यति सहज हुने छैन। विगतमा घुर्काय जस्तो सजिलो अब नेतृत्वमा गए पछि पक्कै पनि हुनेछैन। दुई ठुला छिमेकि शक्ति राष्ठहरुलाइ सन्तुलनमा राख्दै नेपाली जनताको परिवर्तनको चाहाना पुरा गर्नु भनेको फलामको चिउरा चवाउनु सरह हो। तर यो कुरा असंभव भने पक्कै छैन। जनताको परिवर्नको चाहाना सतहमा देखिने र अनुभुतिहुने गरि संवोधन गर्नु माओवादिको पहिलो र मुख्य चुनौति हुनेछ।

हुनत यो चुनाव नयां संविधान निर्माणको लागि मात्र भएको भए पनि जनताको चाहाना र बुझाइ अलि फरक छ। तसर्थ संविधान निर्माणका संगसंगै नेकपा माओवादिले;

– सर्वप्रथमत, एक जिम्मेवार राजनैतिक दलको रुपमा लोकतन्त्रका विश्वव्यापि मूल्य-मान्यताहरु प्रतिको आफ्नो विश्वाश र प्रतिवद्दता व्यक्त गर्दै छिमेकि र मित्रराष्टहुरुलाई विश्वास र साथमा लिनु पर्नेछ।

– सामाजिक कु-संस्कार र विभेदको व्यवहारिक रुपमानै अन्त्य गर्दै समतामुलक सभ्य समाजको निर्माण गर्न तर्फ अग्रसर हुनु पर्नेछ।

– रोजगारिका नयां अवसरहरुको सिर्जना गर्दे स्वदेशि-विदेशि लगानि लाइ प्रोत्साहित गर्दै आत्म निर्भर अर्थतन्त्र निर्माण तर्फ ठोस कदम चाल्नु पर्नेछ।

– दलगत स्वार्थ भन्दा माथि उठेर राष्टियता र राष्टिय अखण्डताको संरक्षण र विभिन्न सम्प्रदायका जनताबिच नया एकता कायम गर्न संवेदनशिल बन्नु पर्नेछ।

यदि जनताको परिवर्नको यो चाहाना समयमानै पुरा हुन सकेन भने, नेकपा माओवादिको अवस्था पनि राजसंस्था र अन्य राजनैतिक दलहरु; नेपालि कांग्रेस र नेकपा एमालेको जस्तो नहोला भन्न सकिदैंन। तर अहिलेनै त्यस्तो असुभ नसोचौं।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )