CANDOR

A worldview by a candid mind >>>

भोट कस्लाई ?

Posted by Thaneshwar on मार्च 13, 2008

थानेश्वर कंडेल

संविधानसभाको चुनाव आवधिक सरकार गठनका लागि होइन। यो चुनावत नेपाली जनताको भाग्य लेख्न्नको लागि हुंदैछ। तपाई हामीले मतदान गरेर पठाएका ब्यक्तिलाई हामीले हाम्रो भाग्य लेख्ने अधिकार दिएर पठाएका हुन्छौ। तर्सथ, आफ्नो अमूल्य मतदान गर्दा आफ्नो विवेक र विचार प्रयोग गरौं।

लोकतन्त्रमा विश्वास राख्ने भ्रष्टचार, दुराचारमुक्त, क्षमतावान, इमान्दार र देसभक्त उम्मेदवार र लोकतन्त्रमा विश्वास गर्ने राजनैतिक दललाई मतदान गरौं। कृपया कुनै राजनैतिक दल मनपर्दछ तर उसले प्रतक्ष निर्वाचन प्रणालीमा उठाएको उम्मेदवार मन पर्दैन, उ भन्दा अन्य पार्तीको उम्मेदवार असल र सक्षम छ भने प्रत्यक्ष तर्फ तपाईले इच्छाएको त्यहि असल उम्मेदवार र समानुपातिक तर्फ आफुलाइ मन परेको पार्तीलाइ मतदान गर्नुहोस। किनकि असल उम्मेदवार विजयी बनेमा मात्र तपाई हाम्रो भाग्य असल रुपमा लेखिन सक्छ। विगतका भ्रष्टाचारी, दुराचारी र स्वार्थी उम्मेदवारहरुलाई जनताले फैसला दिने यो उपयुक्त समय हो। त्यसैगरि जनताको मतमा विश्वास नगर्ने हत्या, हिंसा र बलको प्रयोगले सत्ता कब्जा गर्ने मनोदशा बोकेका उम्मेदवार र पार्तीहरुलाई शिक्षा दिने सुव-अवसर पनि यहि हो। यहांनेर म के कुराको उल्लेख गर्न चाहान्छु भने यदि तपाईको क्षेत्रमा माओवादी पार्तीको तर्फबाट बनेको उम्मेदवार अन्य पार्तीको उम्मेदार भन्दा असल छ, उसले लोकतन्त्रमा विश्वास राख्दछ र जनताको फैसलालाई सम्मानका साथ स्विकार गर्दछ, माओवादी पार्तीलाई शान्तिपूर्ण राजनैतिक दलको रुपमा रुपान्तरण गराउनु पर्दछ भन्ने कुरामा विश्वास राख्दछ र त्यो सामर्थ्य पनि छ भने त्यस्तो व्यक्तिलाइ पनि मतदान गर्न नहिच्किचाउनु होस। तर जसरि भएपनि सत्ता र सक्तिमा पुग्न खोज्ने जनताको मत र सक्तिमा विश्वास र कदर नगर्ने जनद्रोही उम्मेदवारहरु जुनसुकै पार्तीको आवरणमा आएपनि हाम्रो मतदान बाट विजयी हुनुहुंदैन।

नत इतिहांसमा नेपाली जनतालाई यस्तो अवसर कहिलै प्राप्तनै भो, नत भविष्यमानै हुनेछ। एक युगमा एकदिन एक पटक मात्र आउंछ भनेको यहि हो।

जय नेपाली जनता !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: