CANDOR

A worldview by a candid mind >>>

संविधानसभा: एक परिचय

Posted by Thaneshwar on मार्च 9, 2008

आज म यो पोष्टमा देशमा सम्पन्न हुन गइरहेको संविधानसभाको बारेमा मेरो आफ्नो ज्ञ्यान र नेपालको अन्तरिम व्यवस्थापिकाले पारित गरेका संविधानसभा सम्बन्धि नियम कानुनमा आधारित भएर केहि जानाकारिहरु पस्कन गइराखेको छु। पक्कै पनि जो नेपाली मित्रहरु अझै पनि संविधानसभाका बारेमा स्पष्ट हुनुहुन्न उहांहरुलाइ लाभदायक हुने कुरामा मैले विश्वास लिएको छु । सर्वप्रथम,

संविधान भनेको के हो ?

संविधान भनेको देशको मुल कानून हो। यसमा नागरिकका हक अधिकारको बारेमा व्यवस्था गरिएको हुन्छ । संविधान संग वाझिने सम्पूर्ण कानुन स्व:त वदर हुन्छन । यसको अर्थ संविधानमा उल्लेखित हक अधिकार कसैले पनि छिन्न सक्दैन।

संविधानसभा भनेको के हो ?

संविधानसभा भनेको जनइच्छा बमोजिमको नयाँ संविधान निर्माणका लागि जनताबाट निर्वाचितगरिएका जनप्रतिनिधिहरुको सभा हो।

नेपालमा संविधानसभाको आवश्यकता किन?

सवै तहवर्ग र क्षेत्रका जनताको उचित र समानुपातिक प्रतिनिधित्व एवं सक्रिय सहभागितामा उनीहरुको चाहना अनुसारको नयाँसंविधान निर्माण गर्न नेपालमा संविधानसभाको आवश्यकता परेको हो । यसरी बन्ने संविधानमा जनताको स्वामित्व स्थापित हुन्छ ।

संविधानसभाले के गर्दछ ?

संविधानसभाले र्सार्वभौम जनताको भावना प्रतिविम्वित हुने गरी नयाँ संविधान निर्माणदेखि जारी गर्ने सम्मको कार्य गर्दछ ।

नेपालमा संविधानसभाको गठन कसरी हुने व्यवस्था छ?

नेपालको अन्तरिम संविधान २०६३ अनुसार संविधानसभाको गठन देहाय बमोजिम मिश्रति निर्वाचन प्रणाली अनुसार हुने व्यवस्था गरिएको छः

-पहिलो हुनेले जित्ने प्रणाली अनुसारको प्रतिनिधित्व संख्या २४० जना

-समानुपातिक निर्वाचन प्रणाली अनुसार पूरै देशलाई एक निर्वाचन क्षेत्र मानी राजनैतिक दलहरुलाई प्राप्त गरेको मतको आधारमा निर्वाचित हुने प्रतिनिधि संख्या ३३५ जना

-राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तिहरुबाट सहमतिको आधारमा आन्तरिम मन्त्रिपरिषद्बाट मनोनित हुने सदस्य संख्या २६ जना

नेपालमा संविधानसभा कति अवधिको लागि गठन गरिन्छ ?

संविधानसभाको गठन पटक पटक हुने होइन । कुनैपनि देशमा यस्तो अवस्था तवमात्र सृजना हुन्छ जव जनताले आफ्नो लागि आफै संविधान निर्माण गर्ने इच्छा व्यक्त गर्दछन् । जनताको सहभागिताद्वारा नयाँ संविधान निर्माण गरी जारी गर्न निश्चित समयावधिका लागि संविधानसभाको गठन गरिन्छ । अहिले नेपालमा २ वर्षको लागि संविधानसभाको गठन गर्ने व्यवस्था गरिएको छ । तर मुलुकमा संकटकालीन स्थितिको घोषणा भएको कारणले संविधान निर्माण गर्ने काम पूरा हुन नसकेमा संविधानसभाले प्रस्ताव पारित गरी संविधानसभाको कार्यकाल थप ६ महिनासम्म बढाउन सक्ने व्यवस्था गरिएको छ ।

संविधानसभा गठन भएपछि सरकारको गठन कसरी गर्ने व्यवस्था छ?

संविधानसभाको गठन हुँदाको अवस्थामा कायम रहेको मौजुदा मन्त्रिपरिषद्मा आवश्यक हेरफेर गरी मन्त्रिपरिषद्को गठन हुने व्यवस्थागरिएको छ ।

संविधानसभा गठन भएपछि व्यवस्थापिका-संसदको अधिकार कसले प्रयोग गर्दछ ?

मौजुदा व्यवस्थापिका-संसदको कार्यकाल संविधानसभाको पहिलो बैठक बसेपछि समाप्त हुनेछ । त्यस उप्रान्त नेपालको अन्तरिम संविधान २०६३ बमोजिम व्यवस्थापिका-संसदको अधिकार संविधानसभामा निहित रहने व्यवस्था गरिएको छ ।

संविधानसभाको गठनमा सबै क्षेत्र र वर्गको प्रतिनिधित्व कसरी हुने व्यवस्था छ ?

संविधानसभाको निर्वाचनमा राजनैतिक दलहरुबाट उम्मेदवारी दिंदा ५०% स्थानमा महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरिएको छ । अन्य जनजाति, आदिवासी, अल्पसंख्यक, दुर्गम क्षेत्र र मधेशीहरुको हकमा पहिलो हुनेले जित्ने प्रणाली, समानुपातिक निर्वाचन प्रणाली र अन्तरिम मन्त्रिपरिषद्बाट मनोनित हुने सबैप्रकारका प्रणालीबाट उनीहरुको जनसंख्या भौगोलिक अनुकूलता र जातीय प्रतिनिधित्व समेतलाई ध्यान दिई प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था गरिएको छ ।

संविधानसभाले नया संविधानको निर्माण कसरी गर्दछ ?

संविधानसभाको बैठकले पेश गरेको प्रत्येक विधेयक तथा प्रत्येक धारामा मतदान गरी पारित गर्दछ । संविधानसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको कम्तीमा दुइ-तिहाई सदस्य उपस्थित भएको बैठकबाट र्सवसम्मतिले पारित गरिन्छ । विधेयकका कुनै धाराका सम्बन्धमा संविधानसभामा र्सवसम्मति कायम हुन नसकेमा सो विषयमा र्सवसम्मति कायम गर्न संविधानसभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका संसदीय दलका नेताहरुले आपसमा परामर्श गरी निर्णय लिन सक्ने व्यवस्था गरिएको छ । यसरी परामर्श लिने काम पूरा भएको सात दिनभित्र पुनः मतदान हुनेछ । त्यस्तो मतदानमा संविधानसभाका तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरुको कम्तीमा दुइ-तिहाई सदस्य उपस्थित भएको बैठकको कम्तीमा दुइ-तिहाई बहुमतबाट पारित गरिने व्यवस्था छ ।

यसरी पारित गरी निर्माण गरिएको संविधान देशको मूल कानून मानिन्छ ।

संविधानसभालाई कसरी समावेशी बनाइएको छ ?

निम्न कुराहरुको आधारमा संविधानसभालाई समावेशी बनाउने व्यवस्था गरिएको छः

-देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गकि आधारमा प्रतिनिधित्व गराएर,

-जनसंख्या, भौगोलिक क्षेत्र र लिङ्ग समेतको समानुपातिक प्रतिनिधित्व गराएर

-महिला, दलित, उत्पीडित जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेशी लगायत अन्य वर्गको प्रतिनिधित्व गराएर ।

नेपालमा कति किसिमका निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ?

संविधानसभा सदस्यको निर्वाचनका लागि नेपालमा हाल दुइ किसिमका निर्वाचन प्रणालीको माध्यमबाट संविधानसभाका लागि सदस्यहरु निर्वाचित हुने व्यवस्था गरिएको छः

-पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र

-समानुपातिक निर्वाचन प्रणाली ।

मिश्रति निर्वाचन प्रणाली भन्नाले के बुझिन्छ ?

प्रचलित निर्वाचन प्रणाली मध्ये पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीका सकारात्मक पक्षहरूलाई मिलाएर निर्धारण गरिएको प्रणालीलाई मिश्रति निर्वाचन प्रणाली भनिन्छ । यस प्रणाली अर्न्तर्गत पहिलो हुने निर्वाचित हुने र समानुपातिक प्रतिनिधित्व प्रणालीका आधारमा संविधानसभाको गठन गर्ने व्यवस्था गरिएको छ । जसमा पहिलो हुने निर्वाचित हुने प्रणाली अर्न्तर्गत निर्वाचित भएर आउने सदस्य संख्या र समानुपातिक निर्वाचन प्रणाली अनुसार राजनैतिक दलले प्राप्त गरेको मत प्रतिशतको सूचीको आधारमा निर्वाचित हुने सदस्य संख्या एवं मन्त्रिपरिषद्ले मनोनित गर्ने सदस्य संख्या समेतलाई जनाउँदछ ।

पहिलो हुने निर्वाचित हुने प्रणाली भन्नाले के बुझिन्छ ?

पहिलो हुने निर्वाचित हुने (First Past the Post System-FPTP) अर्न्तर्गत हुने निर्वाचनमा एक निर्वाचन क्षेत्र एक सदस्य पदको सिद्धान्त अपनाइएको हुन्छ । प्रत्येक पदको लागि भएको निर्वाचनमा उम्मेदवार जतिसुकै हुन सक्छन् तर मतदाताले आफूले रोजेको उम्मेदवारलाई मत दिन पाउँछन् र जसले बढीमत ल्याउँछ उही निर्वाचित हुन्छ । नेपालको प्रतिनिधिसभाको निर्वाचनमा प्रयोग भएको यो प्रणाली बेलायत, अमेरिका, भारत, बंगलादेश, पाकिस्तान आदि मुलुकहरूमा समेत प्रचलनमा रहेको पाइन्छ । यसै निर्वाचन प्रणालीलाई संविधानसभाको निर्वाचनमा पनि कायम गरिएको छ ।

समानुपातिक निर्वाचन प्रणाली भन्नाले के बुझिन्छ ?

यस प्रणालीमा नेपाललाई एउटै निर्वाचन क्षेत्र मानिन्छ जसमा दलहरुले उम्मेदवारहरुको बन्द सूची प्रस्तुत गर्दछन् । निर्वाचनमा राजनैतिक दलहरुले प्राप्त गरेको मत सङ्ख्याको अनुपातमा सूचीमा भएका उम्मेदवारहरु निर्वाचित हुन्छन् ।

समानुपातिक निर्वाचन प्रणालीमा उम्मेदवारको सूची कसरी पेश गर्ने व्यवस्था छ ?

यस प्रणाली अर्न्तर्गतको निर्वाचनका लागि निर्वाचनमा भाग लिन चाहिने राजनैतिक दलले आफ्नो दलको तर्फाट उठाइने उम्मेदवारको बन्द सूची देहाय अनुसार तयार गर्नुपर्नेछः

-समानुपातिक निर्वाचन प्रणाली अनुसार निर्वाचित हुने कूल सदस्य संख्याको कम्तिमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिने गरी,

-राजनैतिक दलले उठाएका कूल उम्मेदवारहरु मध्ये संविधानसभा सदस्य निर्वाचन ऐन २०६३ ले तोकिएको प्रतिशतको आधारमा महिला, दलित, उत्पीडित, जाति/जनजाति, पिछडिएको क्षेत्र, मधेशी लगायत अन्य वर्ग समेतको समानुपातिक प्रतिनिधित्व हुने गरी ।

-महिलाको हकमा कम्तिमा पचास प्रतिशत उम्मेदवारको प्रतिनिधित्व हुने गरी दलित, उत्पीडित जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेशी लगायत अन्य वर्गका महिलाको समानुपातिक प्रतिनिधित्व हुने गरी सूची तयार गर्नु पर्नेछ ।

-बन्द सूचीमा महिला उम्मेदवारको नाम सूचीकृत गर्दा प्रत्येक दोस्रो क्रमसंख्या भित्रमा महिला उम्मेदवारको नाम समावेश हुनुपर्ने ।

-सूचीमा महिला, दलित, उत्पीडित जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेशी लगायत अन्य वर्गको प्रतिनिधित्व गरेको हो सो समेत उल्लेख गर्नुपर्दछ ।

माथिका कुराहरु समावेश गरी तयार गरेको उम्मेदवारहरुको बन्दसूची आयोगले तोकेको ढाँचामा तोकिएको समय अवधि भित्र सम्बन्धित राजनैतिक दलले आयोगमा पेश गर्नुपर्दछ । बन्द सूची संविधानसभाको कार्यकाल भरी कायम रहनेछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: