CANDOR

A worldview by a candid mind >>>

नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सम्पन्न सम्झौता

Posted by Thaneshwar on फ्रेवुअरी 28, 2008

नेपालमा मधेसी जनताले आफ्नो समान अधिकारका लागि समय समयमा गर्दै आएको संघर्ष र आन्दोलनको क्रममा व्यक्त जनभावना एवं आकांक्षालाई सम्मान गर्दै मुलुकका सम्पूर्ण जनतालाई समानता स्वतन्त्रता र न्यायको प्रत्याभूति गराउनका साथै सबै प्रकारका विभेदलाई अन्त्य गर्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बहुदलीय
लोकतान्त्रिक शासन प्रणालीलाई सुनिश्चित गर्नका लागि नेपाल सरकार तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तत्काल लागू हुने गरी यो सम्झौता गरिएको छ।

सम्झौताका विषयहरु देहाय बमोजिम छन्।

१ मधेस आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने र हालसम्म राहत नपाएका, अङ्गभङ्ग भएकाहरुलाई उचित राहत राज्यले उपलब्ध गराउने छ । यसैक्रममा आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्चको व्यवस्था र शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गरी आश्रित परिवारलाई रु. १० लाखका दरले राहत उपलब्ध गराउने तथा गिरफ्‍तार व्यक्तिहरुलाई यथाशीघ्र रिहा गरिनेछ ।

२. मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहना लगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गरी नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ । संघीय संरचनामा केन्द्र र प्रदेशका वीच स्पष्ट रुपमा शक्तिको बाँडफाँड सूचिको आधारमा गरिने छ । प्रदेशहरु पूर्णरुपले स्वायत्त र अधिकारसम्पन्न हुनेछन् । नेपालको सार्वभौमिकता, एकता र अखण्डतालाई अखण्डतालाई अक्षुण्ण राख्दै स्वायत्त प्रदेशहरुको संरचना केन्द्र र प्रदेशका सूचीहरुको पूर्ण विवरण र अधिकारको बाँडफाँड संविधानसभाबाट निर्धारण गरिनेछ ।

३.संविधानसभा सदस्य निर्वाचन ऐन २०६४ को दफा ७ को उपदफा १४ मा रहेको २0 प्रतिशतको वर्तमान कानुनी व्यवस्थाको सट्टा ३0 प्रतिशत गरिनेछ ।

४ सरकारले सुरक्षा अंगलगायत राज्यका सबै निकायहरुमा मधेसी, आदिवासी जनजाति, महिला, दलित, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायको समावेशी समानुपातिक सहभागिता हुने गरी सरकारले नियुक्ति बढुवा र मनोनयन अनिवार्य रुपले गर्नेछ ।

५. नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेसी बनाउन मधेसी लगायत अन्य समुदायको समानुपातिक समावेशी र समूहगत प्रवेशलाई सुनिश्चित गरिनेछ ।

६. नेपाल सरकार तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तराईमा संघर्षरत सबै सशस्त्र समूहहरुलाई शान्तिपूर्ण राजनीतिक प्रक्रियाका लागि वार्तामा आउन आग्रह गर्दै वार्ताबाट सबै समस्या समाधान गर्न आग्रह गर्दछ । यसको लागि नेपाल सरकारले तत्कालै अनुकूल वातावरण बनाउन आवश्यक कदम चाल्नेछ। आगामी चैत्र २८ गतेको संविधानसभा
निर्वाचन शान्तिपूर्ण, हिंसामुक्त, निष्पक्ष स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबैलाई अपिल गर्दछौं ।

७. सरकार र मधेसी जनअधिकार फोरमवीच भएको २०६४ भाद्र १३ गते भएको २२ बुँदे सम्झौता अनुरुप बन्दी राखिएकाहरुको यथाशिघ्र रिहाई , फोरम लगायत अन्य मधेसी नेता कार्यकर्ताहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता गर्ने तथा बाँकी सम्झौताका बूँदाहरु अविलम्ब कार्यान्वयन गर्नेछ ।

८. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जारी रहेका आन्दोलनका सबै कार्यक्रमहरु तत्काल फिर्ता लिइएको छ ।

गिरिजाप्रसाद कोइराला
प्रधानमन्त्री
नेपाल सरकार

राजेन्द्र महतो
राष्ट्रिय अध्यक्ष, सदभावना पार्टी

उपेन्द्र यादव
केन्द्रीय संयोजक मधेसी जनअधिकार फोरम नेपाल

महन्थ ठाकुर
अध्यक्ष, तराई मधेस लोकतान्त्रिक पार्टी

२०६४ फाल्गुण १६ गते

English
(Unofficial translation of the agreement)

Agreement between the Nepal Government and United Democratic Madhesi Front

The following agreement has been reached between the Nepal government and the United Democratic Madhesi Front honouring the people’s aspirations and wishes put forward by the Madhesi people of Nepal during the regular protests and agitation to ensure equality, freedom and justice to every citizen across the country and to ensure Nepal as a federal republican democratic state with multi-party democracy system for government by ending all forms of discrimination effective immediately.

1. The government will declare martyrdom for those killed during the Madhes agitation and provide proper compensation for the injured who haven’t been compensated yet. Similarly, expenses will be provided for treatment for those injured during the agitation, one million rupees will be provided as compensation to the family of those killed during the agitation and those arrested will be released immediately.

2. Nepal will be a federal republican democratic state by accepting the wish of the Madhesi people for an autonomous Madhes state and wish of people of other regions for a autonomous state with federal structure. There will be distinct power sharing between the centre and the region in the federal structure on the basis of list. The regions will have complete autonomy and authority. The elected Constituent Assembly will devise a way to apply the formation of such states and the rights attributed to the region and the centre while keeping national sovereignty, unity and integrity intact.

3. The current 20 percent legal provision mentioned in Article 7, sub-article 14 of the Constituent Assembly Member Election Act-2054 will be increased to 30 percent.

4. The government will compulsory appoint, promote and nominate Madhesi, indigenous communities, women, Dalits, backward areas and minority communities to ensure proportional participation in security bodies and all organs of the state.

5. The entry of Madhesi and other groups into the Nepal Army will be ensured to give the army a national and inclusive structure.

6. The government along with the UDMF urged all armed agitating groups in the Terai to join the peaceful political process and come to talks to resolve all problems. The Nepal government will take immediate steps to create a favourable environment for the same. We appeal everyone to conduct the April 10 elections in a peaceful, fair, non-violent and terror-free manner.

7. The Nepal government will immediately implement the agreement reached with the Madhesi People’s Rights Forum (MPRF) on August 13 last year including releasing those under police detention, dismissing cases against MRPF leaders and activists.

8. All the agitation programmes called by the UDMF will be immediately withdrawn.

The Nepal Government will be responsible for the constitutional, legal, political and administrative (aspects) of the above mentioned subjects. The government will form a high-level monitoring committee comprising government and UDMF representatives to implement the agreement.

The following signed the agreement:

Rajendra Mahato, National Chairman, Sadbhavana Party

Upendra Yadav, Central Coordinator, Madhesi People’s Rights Forum

Mahantha Thakur, Chairman, Terai-Madhes Democratic Party

Girija Prasad Koirala, Prime Minister, Nepal Governemnt

February 28, 2008

One Response to “नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सम्पन्न सम्झौता”

  1. prabhat said

    thanks thaneshwor ji for posting the ajenda of agreements between gvt and madhesi aandolankari.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: