CANDOR

A worldview by a candid mind >>>

गान्धीजीको सम्झना

Posted by Thaneshwar on जनवरी 30, 2008

तुलसीमेहर श्रेष्ठ

गान्धीजीको आश्रममा थरीथरीका कार्यकर्ता थिए । केही खास मानिसलाई गान्धीजीको निजी सहायक भन्न सकिन्थ्यो । तीमध्ये भाइ कृष्णदास विशेष स्थान राख्नुहुन्थ्यो । उहांले गान्धीजीको निजी काम गर्ने जिम्मा पाउनुभएको थियो । गान्धीजीको सुत्ने-बस्ने ठाउं सफा गर्ने, दतिवन तयार गर्ने, सांझ कोठामा कुचो लगाउने, खानेपानी राख्ने, लेखपढका सामान सब तयार गरिदिनुहुन्थ्यो । म यो सबै नियालेर हेर्थें । यिनीहरूमध्ये कुनै पनि काम कठिन थिएन । मौका पाए मैले पनि गर्न सक्थें । एकदिन कृष्णदाससंग एकान्तमा कुरा गरें । मैले कृष्णदासलाई आफ्नो इच्छा बताएं । म बडो मुस्किलले भए पनि आश्रम पुगिसकेको थिएं । गान्धीजीको छेउछाउ रहन्थें । तर मेरो जिम्मामा गान्धीजीको खास काम थिएन । ममा कृष्णदासजीजस्तो पात्रता र योग्यता पनि थिएन । बापुजी -गान्धीजीलाई गरिने प्रिय सम्बोधन) कृष्णदासजीको सेवालाई ‘मातृऋण’संग तुलना गर्नुहुन्थ्यो । बापुले सबैका सामुन्ने कृष्णदासलाई आफ्नी आमासंग तुलना गरेको हामी सबैले देखे-सुनेका थियौं । मैले उनै कृष्णदासलाई आफ्नो मनको धोको भनें, गान्धीजीको कोठा सफा गर्ने, दतिवन बनाउने, पिकदानी राख्ने काम म पनि गर्न सक्छु । कृष्णदास यी सबै र अरू काम पनि एक्लै नै गर्नुहुन्थ्यो । मैले यिनै काममा कृष्णदासलाई सघाउने आफ्नो इच्छा विन्ती गरें । कृष्णदासजी अनुसार यस्ता नितान्त व्यक्तिगत काम गर्न गान्धीबाटै अनुमति लिनुपर्ने बताउनुभयो । त्यो ठीकै थियो । सांझ खाने बेला एकान्त पाएर कृष्णदासले गान्धीजीलाई सबै कुरो भन्नुभएछ । त्यतिन्जेलमा गान्धीजीले मलाई सामान्य रूपमा देखिसक्नुभएको थियो । म नेपालबाट पुगेको हुं भन्ने समेत गान्धीजी सूचित हुनुहुन्थ्यो । महात्माजीले त्यो केटो वेशै जस्तो छ, उसले तिमीलाई सघाउन खोजेको हो भने त्यो राम्रो हो भन्नुभएछ । भोलिपल्ट कृष्णदासजीले यो खुसीको समाचार मलाई सुनाउनुभयो । अब तिमी बापुको काम गर्ने भयौ भन्नुभयो । कृष्णदासजीले त्यसैबेला मेरो तत्कालीन कामको टुङ्गो लगाइदिनुभयो । त्यस दिनदेखि हामी दुवैले मिलेर गान्धीजीको कोठामा कुचो लगाउने, कागजपत्र मिलाउने गर्न थाल्यौं । तर म अरू पनि काम गर्न चाहन्थें । अरू कसैको दृष्टि नपुगेको काम गर्न पाए हुन्थ्यो जस्तो लाग्यो । मैले त्यसैदिन कृष्णदासजीमा आफ्नो यो भावना जाहेर गरें । कृष्णदासले एकछिन सोच्नुभयो । अनि उहांले एउटा कुरा राख्नुभयो ।गान्धीजी राति दुइ-तीनपटक पिसाब फेर्न अवश्य उठ्नुहुन्थ्यो । बाहिर पिसाब फेर्न जानुहुन्थ्यो । त्यसबेला अंध्यारामा कसैले उहांलाई लालटिन लिएर उज्यालो देखाइदिए वेश हुने थियो भन्ने कृष्णदासजीको मनमा रहेछ । तर फेरि गान्धीजी कति बेला उठ्ने, कति बेला जाने, के ठेगान – जाग्राम बसेर गान्धीजी उठ्ने घडी कुर्ने कुरो पनि थिएन । कृष्णदासजीले मलाई यो कुरो विस्तारमा भन्नुभयो । अझ तिमीले जागेर उठ्ने काम गर्दै नगर्नु भनेर चेतावनीसमेत दिनुभयो । तर आफूखुसी उठेको समय पर्छ भने लालटिन लिएर बापुलाई बाटो देखाइदिनु, त्यसनिम्ति जागै बस्ने गल्ती भने नगर्नु भन्ने कृष्णदासको स्पष्ट निर्देशन थियो ।

गान्धीजी कोठाभित्र कहिल्यै सुत्नु हुंदैन्थ्यो । गर्मीमात्रै होइन, जाडोमा समेत बाहिरै खुल्लामा सुत्नुहुन्थ्यो । उहांका छेउछाउमा सुत्ने दुइ-तीनजना सहायक छंदै थिए । गान्धीजीको सुत्ने छेउछाउमा एउटा सानो ढुंगे चौतारो थियो । मैले त्यहीं सुत्ने अठोट गरें । त्यहां बाट गान्धीजी सुते-उठेको देखिन्थ्यो । आफू राति उठ्दा छेउछाउका मान्छेको नीद्रा नखलबलियोस् भन्नेमा गान्धीजी बडो र्सतर्क हुनुहुन्थ्यो । राति उठ्दा उहांले लगाउने खराउ रबरको तलवा राखेर बनाइएको थियो । गान्धीजीले उठेर पिसाबखाना जांदा हल्का बर्को ओढ्नुहुन्थ्यो । गान्धीजीको खराउ वा बर्कोको सप्कोबाट धेरै खलमल हुने कुरो थिएन । त्यसमाथि गान्धीजीको त्यत्रो र्सतर्कता † तैपनि के भएको हो कुन्नि, त्यस्तो सूक्ष्म आवाजबाट पनि पहिलो दिनमै गान्धीजी चलमलाउनासाथ मेरो निद्रा टुट्यो । म आफैं छक्क परें । तर यस्तो पहिलो दिनमात्रै भएन । अब प्रत्येक रातजस्तो गान्धीजी चलमलाउनासाथ म झट्ट उठ्थें । कुनै अज्ञात प्रेरणाले जगाएको जस्तो हुन्थ्यो । मैले कोसिस गरेर जागेको हुंदै होइन । प्रत्येक रात म आफसेआफ जागें । गान्धीजी उठ्नासाथ म तयार रहन्थें । लालटिन उकासेर उहांलाई बाटो देखाउन पुगिहाल्थें । यसरी तीन-चार महिना बित्यो । एकदिन गान्धीजीले मलाई सोध्नुभयो । होइन तुलसीमेहर, तिमी त मेरो सेवा गर्दागर्दै सुत्दै-सुतेनौ जस्तो छ । यसो हो भने बिरामी पर्र्छौ । तिमी बिरामी परेको आश्रम निम्ति एउटा नयां बोझ उत्पन्न हुनेछ । तिमी यसरी जाग्ने नगर † खासमा गान्धीजी मात्र होइन, त्यसरी उठेकामा म आफैं पनि छक्क परेको थिएं । तर मेरो उठ्नेक्रम छुटेन । यसरी केही महिना बित्यो । गान्धीजी आफ्नो ओछ्यानबाट उठ्नलाग्दा सामु खडा भइसक्थें । एकदिन गान्धीजीले फेरि भन्नुभयो- अब त अचाक्ली भयो । म खप्न सक्दिन । तिमीले आफ्नाउपर अत्याचार गरिरहेका छौ, ‘जर्ुम’ गरिरहेका छौ । यो पत्याइनसक्नुको कुरो छ । म उठ्नासाथ तिमी यसरी जागा भेटिने कुरो कसरी सम्भव हुनसक्छ – गान्धीजी केही क्षुब्ध बुझिनुहुन्थ्यो । मलाई ठूलो डरले छोप्यो । गान्धीजीसंग त्यस्तो डर मलाई जिन्दगीमा अघिपछि भएन । मेरो शरीर र हात कांपे, तर मैले फेरि विशेष विनय गरेर आफ्नो कुरा भनें † जो भएको सत्य भनें । म रातभरि जागेको छंदै छुइन । म कोसिस गरेरसमेत जागेको होइन । यो अनायास भइरहेको छ । निद्रासमेत बिग्रिएको छैन । यस्तो कसरी मलाई हुन्छ, आफैंलाई थाहा छैन । यही सत्य हो । गान्धीजीले हारेजस्तो भएर भन्नुभयो- त्यस्तो भए भगवानै जानुन् † त्यसरी मेरो जाग्ने क्रम यथावत रह्यो । मेरो स्वास्थ्य पनि बिग्रिएन । म गान्धीजीका अरू दिनचर्यामा पनि सामेल हुनथालें ।

गान्धीजीका थुप्रा संस्मरण छन् । ती सबै भनिसाध्य छैन । तर यो समयमा एउटा विशेष प्रसंग बताउन चाहन्छु । एक दिनको कुरो हो । राति म गान्धीजीको गोडामा तेल लगाउंदै थिएं । गान्धीजीकी धर्मपत्नी माता कस्तूरवा पनि त्यहीं हुनुहुन्थ्यो । कस्तूरवाले गान्धीजीलाई एउटा घतलाग्दो कुरा भन्नुभयो- तपाईंका समिप दिनभरि विभिन्न किसिमका मानिस, विभिन्न थरीका समस्या लिएर आउंछन् । तपाईं सबैको आध्यात्मिक, सामाजिक र पारिवारिक घर झगडासमेतको प्रसंग बुझनुहुन्छ । समाधानसमेत गरिदिनुहुन्छ । मानिस चित्त बुझाएर जान्छन् । म भने तपाईंकी धर्मपत्नी हुं । मेरा दिदी-बहिनीसमेतलाई लाग्दो होला, अहो † कस्तूरवा त दिनरात बापुसंग बस्छिन् । त्यो उसको अहोभाग्य हो भन्दाहोलान् । कतिले तर् इष्र्या पनि गर्दाहोलान् । तर तपाईंसंग भने मेरो मनको कुरा सुन्ननिम्ति पांच मिनेट पनि भेट्दिन । दिनभरि तपाईं आफ्नै किसिमका मानिससित घेरिएर बस्नुहुन्छ । के यो ठीक भयो – बापुजी मुसुक्क हांसे पनि गम्भीर भने हुनुभयो । गान्धीजीले भन्नुभयो- हो, मबाट यो गल्ती भएकै हो । मैले यसलाई सच्याउनैपर्छ । लौ भन म तिमीलाई कुन समय दिउं र कति समय दिउं – विचरा कस्तूरवा बोल्न त बोलिहाल्नुभयो, तर फेरि आफैं तर्सिएजस्तो हुनुभयो । सार्‍है सोझी र असल हुनुहुन्थ्यो कस्तूरवा । उहांलाई यो कुरो मैले अनाहक उठाएं भन्ने परिसकेको बुझिन्थ्यो । तुरुन्तै उहांले आफूले भनेको आफैं खण्डन गर्न थाल्नुभयो । तपाईंलाई मैले यो भन्ने कुरा थिएन । तपाईं दिनरात काम गर्ने, आफैं समयको अभावले ग्रस्त हुनुहुन्छ । रातिसमेत ठीक्कसंग सुत्नुहुन्न । बिहानदेखि सुत्ने बेलासम्म विभिन्न थरीका मानिसको चित्त बुझाइरहनुपर्छ । मैले यो कुरा बित्थामा उठाएं, भो मलाई समय दिनु पर्दैन ।

अब बापुजीको पालो थियो । गान्धीजीलाई सबैले प्रेमले बापु भनेझैं कस्तूरवालाई भने बा भन्ने चलन थियो । बापु पनि कस्तूरवालाई बा भन्नुहुन्थ्यो । गान्धीजीले भन्नुभयो- बा, तिमीले अब समय लिनैपर्छ । तिमीले त मेरो गल्ती औंल्याएको मात्र हो † अब म यो गल्ती सच्याएरै छोड्छु । म तिमीलाई समय दिन्छु । तिमीले लिनैपर्छ ।

गान्धीजी राति सुत्ने बेलामा टाउकोमा बदामको तेल लगाउनुहुन्थ्यो । घुंडाभन्दा मुन्तिर भने नरिवलको तेल लगाउनुहुन्थ्यो । गान्धीजीले बालाई भोलिपल्टदेखि आफ्नो टाउकोमा बदामको तेल लगाउन अनुरोध गर्नुभयो । गान्धीजीले भन्नुभयो- बा, भोलिदेखि अरूले मेरो टाउकोमा तेल लगाउन पाउने छैन । तिमीले नै लगाउनुपर्छ । त्यतिबेला हामी ढुक्कसंग कुरा पनि गरौंला । तिमी आफूखुसी कुरा गर्नु । तिमीले आफैं नभ्याएको र नसके मात्र अरू कसैलाई तेल लगाउन पठाउनु तर अब मेरो टाउकोमा तेल लगाउने-नलगाउने त्रिम्रो जिम्माको कुरा भयो । यो क्रम यसरी नै चल्न थाल्यो । गान्धीजीलाई त्यस्ताबेला पनि मान्छेले विरलै छाड्थे । कहिलेकाहीं बाहिरिया मान्छे नहुंदा मनका कुरा भन्न थाल्नुहुन्थ्यो । दिनभरिको कठिन दिनचर्याबाट थाकेका गान्धीजी उंघ्न थाल्नुहुन्थ्यो । बा कुरा त सुरु गर्थिन्, गान्धीजी उंघ्दै हुंहुं गर्न थाल्नुहुन्थ्यो । कहिले पनि पूरा कुरा भएको बुझिंदैन्थ्यो । तर मौका र समय भने सुरक्षित थियो । यसरी नै दिन बित्दै गए ।

एक दिनको कुरो हो । म गान्धीजीका पाइतालामा तेल लगाउंदै थिएं । कस्तूरवा अलि ढिलो आइपुग्नुभयो । आउनासाथ कपालमा बदामको तेल लगाउन थाल्नुभयो । उंघ्दै गरेका बापुले ए बल्ल आइछौ भन्नुभयो । कस्तूरवाले पनि हो आएं भन्नुभयो । त्यसपछि गान्धीजीले बडो मधुर स्वरमा भन्नुभयो, यस्तो ढिलो हुंदा तिमीले अरू कसैलाई तेल लगाउन पठाइदिनुपथ्र्यो । तिमीलाई फुर्सद नहुंदा अरूलाई पठाउंदा हुन्छ भनेर भनेकै हो † मलाई निद्राले छोपिसक्यो । तिमी आइनौ, यतिबेरसम्म के गर्दैथ्यौ – अरूलाई पठाइदिएको भए हुन्थ्यो † कस्तूरवाले आफ्ना कुरा भन्नुभयो । यो काम र समय अरूलाई दिन चाहन्न । आज अलि त्यस्तै पर्‍यो । छोरो रामदास भोलि बर्म्बई जांदै थियो, उसलाई मनपर्ने खाजा बनाउन आफैं लागें । उसले के खान्छ, त्यो मलाई नै थाहा थियो । त्यो काम मैले नै गर्नुपर्ने थियो । गान्धीजीले उत्तर दिनुभयो- तिमीले आश्रमका बिरामीको देखभाल गर्ने जिम्मा लिएको छ । पाहुनाहरूलाई पनि हेर्ने तिमी हौ । फेरि तिमीले आफ्ना लुगाफाटानिम्ति चर्खा चलाउनैपर्छ । फेरि कतिबेला सुत्छौ – शरीरलाई निद्रा र विश्राम पनि चाहिन्छ । यसरी त तिमी बिरामी पर्र्छौ । रामदासका निम्ति उसलाई मीठो लाग्ने कुरो भनेर फर्माइसी बनाउने खांचो थिएन । आखिर रामदास पनि आश्रमवासी हो । उसमा र तुलसीमेहरमा के फरक छ – अब कुन दिन तुलसीमेहर नेपाल जान्छन्, उसको खाजा पनि बनाउछ्यौ – त्यस्तै अर्को आश्रमवासी अन्त कतै जाला, सबैको खाना तिमीले बनाएर कहां साध्य हुन्छ र – गान्धीजीको यस्तो जिकिर सुनेर एकछिन त कस्तूरवा चुप हुनुभयो । तर फेरि चुप रहन सक्नुभएन । उहांले पनि आफ्ना कुरा राम्ररी भन्नुभयो । कस्तूरवाले भन्नुभयो- तपाईं पो महात्मा हुनुहुन्छ । म त महात्मा होइन । म एक आमा हुं । रामदास मेरो आफ्नै पेटबाट जन्मिएको छोरो हो । म उसलाई र अरूलाई एकै दृष्टिले हेर्न सक्छु भनेर दाबा गर्न सक्दिन । सबैका निम्ति मैले खाजा बनाउन मिल्दैन । आफूले नौ महिना पेटमा राखेर गुहुमुत गरेको छोरोको कुरो बेग्लै हो । अब यसका लागि तेल लगाउन ढिलो गरे भनेर गुनासो नगर्नुहोस् । गान्धीजीले स्वरलाई अझ मधुर बनाउनुभयो । उहांले भन्नुभयो, यस आश्रममा आएका अरू लड्का-बच्चाहरूलाई हेर । यी को हुन्, कहांबाट आए – कुन भावनाले यस आश्रममा आए – तिमी र मनिर किन आए । यीमध्ये प्रत्येकका आमाबाबु छन् । घरद्वार छ । तर यी सबै छाडेर हामीसंग बस्न आएका छन् । आफ्ना मातापिताभन्दा तिमीलाई र मलाई माया गरेको देखिन्छ । आफ्नो घरमा यिनीहरूलाई पनि अवश्य धेरै सुख थियो । यहां आएर यिनीहरू भुइंमा सुत्छन् । रूखासुख्खा खान्छन् । अनि हामीले आफ्ना छोरा भनेर देवदास वा रामदासलाई यिनीहरूभन्दा छुट्याउनु, मीठो पकाउनु वा पृथक व्यवहार गर्नु कहांसम्म ठीक हो – तिमी आफैं भन । तर यसपटक पनि बा मान्नुभएन । बाले जवाफ त दिनुभयो † म आफ्ना छोरा र अरूलाई एकै दृष्टिले हेर्न सक्दिन । म अरूलाई पनि माया गर्ने कोसिस गर्न सक्छु । अरूलाई माया गर्दिन होइन, तर आफ्ना छोरा र तुलसीमेहरलाई एउटै दृष्टिबाट हेर्छुभन्ने दाबा गर्न सक्दिन । म महात्मा भएको छैन † हुन पनि सक्दिन । तर यति सुनेर पनि गान्धीजी चुप लाग्नुभएन । अन्य तर्क र उदाहरण दिएर एकछिन कुरा गर्नुभयो । आफ्ना भावनालाई जितेर भए पनि कस्तूरवाले सबै आश्रमवासीसंग एकनासको व्यवहार गर्ने कोसिस गर्नुपर्छ भन्ने गान्धीजीको आग्रह कायम रह्यो । त्यसरातको त्यो छलफल निष्कर्षीन रह्यो † तर कस्तूरवाले म लगायत केही व्यक्तिको खाजा भने जाने बेला बनाउनैपर्‍यो । म महात्मा गान्धीजीसंग विदा भएर नेपाल आउ“दा कस्तूरवा आफैंले बनाउनुभएको खास किसिमको गुजराती रोटी लिएर आएको थिए“ । त्यसको प्रसंग पनि यथास्थानमा भनौला †

म आश्रममा १९२१ देखि १९२५ सम्म लगातार गान्धीजीको सामिप्यमा बसें । कांग्रेसका बैठक र जलसामा चर्खा कटाइ-धुलाइ-बुनाइको प्रदर्शनीमा संलग्न रहन्थें । पछि गान्धीजीसंग सरसल्लाह गरेर नेपाल फर्किएं । त्यसको बेग्लै कथा छ । त्यो पनि बेलामा भनौला ।

-दिल्लीस्थित जवाहरलाल म्युजियममा नेपाल विषयक लेखपढ गर्ने क्रममा नेपाली  कांग्रेसका पदमबहादुर थापाले यो दस्तावेज फेला पारेका हुन् । नेहरू म्युजियमका समाजवादी विद्वान हरिदेव शर्माले नेपाल र भारतका थुप्रा नेता र जनसेवकको मौखिक इतिहासका विभागमा राखेको रेकर्डको एक अंश हो । हिन्दीमा टेप गरिएको त्यो संवाद प्रदीप गिरीले अनुवाद गरेका हुन् । गान्धीजीको बलिदान दिवस ३० जनवरी अवसरमा यो आलेख ।)

सिंगो संस्मरणको टेप एवं आलेख नेहरू म्युजियममा सुरक्षित छ ।

साभार: कान्तिपुर, ३० जनवरि २००८

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: