CANDOR

A worldview by a candid mind >>>

विदेशमा नेपाली दल

Posted by Thaneshwar on जनवरी 27, 2008

डा. हेमराज शर्मा

विदेशमा नेपाली राजनीतिक संगठन खोल्ने क्रम बढ्दोछ । भारतमा निकै पहिलेदेखि यस्ता संगठन क्रियाशील थिए । अहिले मध्यपूर्व, एसिया प्यासिफिक, युरोप र अमेरिकाका विभिन्न मुलुकमा नेपालका राजनीतिक दललाई र्समर्थन गर्ने संगठन स्थापना भएका छन् । कांग्रेस नजिकको नेपाली जनसर्म्पर्क समिति र एमाले -प्रवास कमिटी) देखि लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रवासी नेपाली संगठनसम्म छन् । माओवादीका र्समर्थक पनि विभिन्न नाममा संगठन खोलेर एकीकृत हुंदै आएका छन् ।
सामान्यतया जनवर्गीय संगठनहरूको उद्देश्य दलका नीति तथा कार्यक्रमलाई आफ्नो वर्गको तल्लो तहसम्म पुर्‍याउने र बढीभन्दा बढी र्समर्थक जुटाउने हुन्छ । विदेशमा यो काम प्रभावकारी हुंदैन किनभने हाल त्यहां रहेका नेपालीमध्ये ठूलो संख्या पहिलो पुस्ताका छन् । उनीहरू नेपालमा हुर्के बढेकाले कुनै न कुनै दलसंग नजिक विचार राख्दै आएका हुन्छन् । त्यसैले यी संगठनले दलहरूलाई छुट्टै किसिमले सहयोग गर्नुपर्छ । खासगरी, दलहरूको अन्तराष्टट्रिय सम्बन्ध विस्तार गर्न तथा आर्थिक र वैचारिक किसिमले सहयोग गर्न केन्द्रित हुनुपर्छ । लोकतन्त्र स्थायित्वका लागि लोकतन्त्रप्रति समर्पित दल राष्ट्रिय-अन्तराष्ट्रिय रूपमा स्थापित हुनु जरुरी छ । तिनले बाहिरी मुलुकमा प्रयोग हुंदै आएका आर्थिक विकासका नमुना र अनुभवबारे दलहरूलाई साक्षर गराउनतिर सक्रिय हुनुपर्छ । जनवर्गीय संगठनबाट संगठितरूपमा रकम उपलब्ध गराउन सक्ने हो राज्य सञ्चालनमा स्वार्थी चन्दादाताको प्रभाव कम हुन सक्नेछ ।

संगठनहरू नेपालका दल र समान विचार राख्ने विदेशीबीच दलीय सम्बन्ध कायम गर्न केन्द्रित हुनुपर्छ । नेपालको भूराजनीतिक परिस्थिति र राजनीतिक संस्कृतिले भारत-चीनबाहेकका देशमा हुने दलीय सम्बन्धले तत्कालीनरूपमा

प्रत्यक्ष असर नपर्ने देखिए पनि दिर्घकालीनरूपमा यस्ले महत्त्व राख्छ । नेपालमा स्थायी लोकतन्त्र, शान्ति र मानव अधिकारका पक्षमा विदेशी राष्ट्रको र्समर्थन जुटाउन दलीय सम्बन्धको महत्त्वपूर्ण भूमिका रहन्छ ।

कांग्रेसले बीपी कोइरालाको सक्रियतामा ०१५ साल पूर्वदेखि सोसलिस्ट इन्टरनेसनलमार्फ विश्वका समाजवादी दलसंग सम्बन्ध स्थापित गर्‍यो । कोइरालाको देहवसानपछि सोसलिस्ट इन्टरनेसनलको वाषिर्क कन्फरेन्समा भाग लिनुबाहेक कांग्रेसले सञ्जाललाई सदुपयोग गर्न सकेको छैन । माओवादीले विश्वका कन्युनिष्टलाई एकीकृत गर्ने उद्देश्यसाथ सन् १८८४ मा स्थापित रिममार्फ विश्वका अन्य कम्युनिष्ट पार्टिसंग सम्बन्ध कायम राख्दै आएको छ । त्यस्तै एमाले एसियाका राजनीतिक दलको अन्तराष्ट्रिय सम्मेलन ‘आईसीपीपी’ जस्ता सञ्जालमार्फ सक्रिय हुंदै आएको छ ।

जनवर्गीय संगठनले दलीय सम्बन्धलाई अझ बढी प्रभावकारी भूमिका खेल्न सक्छन् । ०४६ को जनआन्दोलनलाई बाहिरी विश्वको र्समर्थन जुटाउन दलहरूले केन्द्रीयस्तरका नेतालाई आवासीय रूपमा विदेश पठाउने चलन थियो । यस्तोखालको जिम्मेवारी अब यी संगठनले लिनुपर्छ । तर गएको जनआन्दोलनताका जनवर्गीय संगठनको कुम्भकर्णप्रवृत्तिले विभिन्न अस्थायी मोर्चामा संगठित भएर लोकतन्त्रको पक्षमा आवाज उठाउनुपरेको थियो ।

नेतालाई समय-समयमा विदेश भ्रमणको तारतम्य मिलाइदिने काममा संगठन सक्रिय पाइन्छन् । विदेश भ्रमणमा रहंदा नेताहरू आफ्ना कार्यकर्ताको घेराभित्र रहेर खान, पिउन, घुम्न र मनोरञ्जनमा मात्र सीमित रहनु हुन्न । त्यहांका दल, सरकार, नेपाल विकासमा चासो राख्ने गैरसरकारी संघ-संस्थासंग औपचारिक-अनौपचारिक सम्बन्ध कायम गर्न ध्यान दिएमा भ्रमण बढी र्सार्थक हुन्छ । नेताहरूको भ्रमण क्रममा र्सार्वजनिक कार्यक्रम पनि हुने गर्छन् । यस्ता कार्यक्रमलाई देशको राजनीतिक, आर्थिक र मानवअधिकारको स्थितिबारे विदेशीलाई जानकारी दिन र तिनको अनुभव लिन उपयोग गर्नुपर्छ । सामान्यतया संगठनको कार्यक्रममा विदेशीको अनुहार देख्न पाइंदैन । विदेशमा रहंदा पनि विपक्षी दलप्रति गर्ने आरोप-प्रत्यारोपले कार्यक्रममा सहभागी नेपालीलाई असहज बनाउ“छ । कमसेकम उनीहरू एउटा दलको भन्दा नेपाली नेताका रूपमा प्रवासीमाझ प्रस्तुत हुनुपर्छ ।

जनवर्गीय संगठनलाई परिचालन गर्नेबारे दलहरूको स्पष्ट दृष्टिकोण र प्रक्रियाको अभाव छ । जस्तैः स्थापना भएको दशकौंसम्म पनि कांग्रेसले आफ्नो विधानमा जनसर्म्पर्क समितिलाई जनवर्गीय संगठनका रूपमा समावेश गरेन ।

एमाले र्समर्थनका संगठनको नाममा एकरूपता देखिदैन ।

संगठन प्रभावकारी नदेखिनुको अर्को कारण हुन सक्छ, विदेशमा रहेका धेरैजसो नेपाली दलीय संगठनप्रति आकषिर्त नहुनु । नेपाली राजनीतिक स्थितिप्रति वितृष्णा तथा जनवर्गीय संगठनको कार्यशैली र विदेशमा पनि आपसी खिचातानीले धेरैलाई चिढाएको छ । दलहरूको झन्डाभित्र सीमित रहनुभन्दा नेपालीमात्र भएर बस्न रुचाउने समुदाय ठूलो छ ।

-लेखक, युनिभर्सिटी अफ लिभरपुलमा उपप्राध्यापक छन् ।)

साभार: कान्तिपुर, १८ डिसेम्बर २००८

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )