CANDOR

A worldview by a candid mind >>>

माओवादीको राष्ट्रवाद

Posted by Thaneshwar on जनवरी 21, 2008


अर्जुन ज्ञवाली

 

नेकपा -माओवादी) ले राष्ट्रियताको नाराबाट सस्तो लोकप्रियता लिने र भारतको विकल्पमा अन्य शक्तिकेन्द्रस“ग सम्बन्धको सुरुवात ०५२ सालमा ४० सूत्रीय एजेन्डासाथ गरेको थियो । अहिले त्यसैलाई नया“ आयाम दिनथालेको छ । कूटनीतिक रूपमा जिम्मेवार भूमिका ननिभाउने यता सीमामा युवालाई चर्का नारा बोकाउने तत्कालीन मालेको कालापानी मार्चको झल्को माओवादीले दिएको छ । १२ बु“देदेखि २३ बु“दे सहमतिसम्म पुग्दा माओवादी नेतृत्वको साउथब्लक सम्बन्ध निर्वस्त्र भएको छ । यो अवस्थामा सीमा या अन्य समस्या पहल गर्न माओवादी नेतृत्वलाई कसले रोकेको थियो – नेपाली राष्ट्रियतामा भारतबाट खतरा देख्ने जनसेना, वाइसीएल कार्यकर्ता र राष्ट्रियताको संकट देख्ने किरण, बादल र विप्लवले यो प्रचण्डपथ अनुयायी पुष्पकमल दाहाल र वैचारिक रक्षार्थ खडा हुने डा बाबुराम भट्टर्राईलाई सोध्नु उपयुक्त हुन्छ ।माओवादी नेतृत्वमा स्पष्टता छैन । साउथब्लकको शक्तिकेन्द्र परिक्रमा गर्दै आएको माओवादीले आफूलाई लोकतान्त्रिक रूपान्तरणको रूपमा प्रस्तुत गरेको छ । पार्टर्ीी दस्तावेज, विचार र कार्यकर्तामा युद्ध जारी रहेको, संर्घष्ाको रूप बदलिएको र अहिलेको गतिविधि रणनीतिलाई सेवा गर्ने कार्यनीति रहेको प्रशिक्षण पाइन्छ । यस्तै भारतीय दूतावासदेखि दरबारको ढोका खोज्न पनि त्यति नै प्रयत्नरत देखिन्छ । अर्कोतर्फराष्ट्रियताको नारा उठाउ“दै चिनिया“ शक्तिकेन्द्रमा भारत र अमेरिकी हस्तक्षेप रोक्ने शक्तिको रूपमा उनीहरू आफूलाई उभ्याउन खोजिरहेका छन् । राष्ट्रवादी नारामा प्रकाश कोइराला, विवेक शाह, दिप्तप्रकाश शाह खोज्दै गणतन्त्र घोषणाको नारा सार्ने, भारतीय दूतावासमा धाउ“दै युवालाई दक्षिणी सीमा मार्च गराउने, निर्वाचन प्रचारद्वारा बदलिएको युद्ध घोषणा गर्ने कार्यनीति विरोधाभाषपर्ूण्ा छ ।माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुवै सेना नमिले राष्ट्रियता खतरामा परेको बताएका छन् । नेता मोहन वैद्य -किरण) ले राष्ट्रियता संकटमा परेको र सिक्किमीकरणको खतरा बढेको बताउने गरेका छन् । उनीहरूका भनाइमा निर्वाचनभन्दा महत्त्वपूर्ण विदेशी हस्तक्षेप परास्त गर्नु हो । राजनीतिक शक्तिहरू मिलेर राष्ट्रिय स्वाधीनता र प्रजातन्त्र एकसाथ रक्षा गर्ने या देशलाई काश्मीर, सिक्किम, भुटान या अफ्गानिस्तान बनाउने – मुलुकलाई काश्मीर, सिक्किम, भुटान या अफ्गानिस्तान बनाउने अवस्थाको सिर्जना कसले गर्‍यो – संसदीय व्यवस्था स्थापनाको पा“च वर्षनपुग्दै रयसको विकासका आधार स्थापना हुन नपाउ“दै उठाइएको माओवादी हतियारले मुलुकलाई कहा“ पुर्‍याएको छ –

२०५२ देखि माओवादी हिंसाको विशाल जहाजमा नेपालको राष्ट्रिय स्वाधीनता संकटमा पर्दै गएको छ र माओवादीले भनेजस्तै सिक्किमीकरणको आधार तय गर्ने लेन्डुपको भूमिका व्यवहारमा स्वयम् माओवादीले निर्वाह गर्दै आएको छ । र, अन्तर्रर्ााट्रय शक्तिराष्ट्र भारत, अमेरिका, चीनको सक्रियता र हस्तक्षेपलाई ढोका खोलेको छ ।

भारतीय विस्तारवाद भन्ने माओवादी नारा नेपालका कम्युनिष्टको आडम्बर हो । गोरखपुरको गोलघरमा डेरा जमाएर बस्नेहरूदेखि दिल्लीमा खुला पुष्पकमल, बाबुरामहरूको भारतलाई देखाएर राष्ट्रियताको संकट फलाक्नुको तुक छैन । हतियार ओसारपसार गर्न माओवादीले सिमानाका सुरक्षाचौकी समाप्त पारे । प्रत्यक्ष प्रभाव मेचीदेखि महाकालीसम्म भारतीय सुरक्षाकर्मी नेपाल-भारत सिमानाको १५ किमिभित्र परिरहेको छ । अर्कोतर्फबाह्रबु“दे सहमतिदेखि अहिलेसम्म साउथब्लकलाई भूमिका दिएर उसको प्रभाव स्वयम् माओवादीले बढाइदिएको छ । आफ्नो स्वार्थमा धक्का पुग्नासाथ त्यही शक्तिलाई संकेत गरेर राष्ट्रियतामा संकट आयो भन्ने – पहिला पञ्च र मण्डलेहरूले यस्तै गर्दै आए । आफ्नो स्वार्थमा धक्का परेपछि राष्ट्रियताको खतरा देख्ने मण्डले राष्ट्रवादको अनुकरण नक्कली कम्युनिष्ट राष्ट्रवाद हो भन्दा फरक नपर्ला ।

भारतको सिलिगुढीमा गिरफ्तारीमा परेका किरण पनि भारतीय भूमि प्रयोग गर्ने नेतै हुन् । भारतमा बस्ने, तालिम सञ्चालन गर्ने, हातहतियार जम्मा गर्ने र त्यहा“का नीतिनिर्मातास“ग सम्बन्ध कायम गरेर भूमिका दिन प्रयत्न गर्ने माओवादीले वैदेशिक हस्तक्षेपको आधार तयार गरेको स्पष्ट छैन – यस अर्थमा सिक्किमीकरणको खतरा कहींबाट बढेको हो भने त्यसको प्रमुख जिम्मेवार माओवादी हो । लेन्डुपको नया“ रूप कोही हो भने त्यो माओवादीको नेतृत्व, फरक त्यतिमात्र हो । लेन्डुपले सिक्किमीकरण निम्ति एकजनाको पनि रगत बगाएनन्, माओवादीले इन्सेकको तथ्यांक मान्दा १७ हजारभन्दा बढीको बलिदानी सुम्पेका छन् । पुष्पकमल दाहालदेखि किरणसम्मको सिंगो माओवादी नेतृत्वले सिक्किमीकरणको खतरा देखेको हो भने माओवादीका भाषामा भन्नुपर्दा दसवर्षो महान जनयुद्धको उपलब्धि हो । समानुपातिक निर्वाचन प्रणाली र संघीयताको माओवादी अडान सिक्किमीकरण गर्न

नसके कम्तीमा पनि पहिलो चरणमा फिजीकरणको आधार तयार गर्ने अभियान हो भन्दा अत्युक्ति हुने छैन ।

कम्युनिष्टले उठाउने वर्गीयताको कार्यसूचि छोडेर जातीय नारामा ओर्लेका कुमार फुदोङजस्ता नवसम्भ्रान्त र नवसामन्तहरूलाई माओवादीले लिएको छ । त्यस्तालाई उभ्याएर जातीय-क्षेत्रीय समानता माग गर्ने माओवादीको संघीयताले राष्ट्रियताको रक्षा गर्ने आधार कहा“ छ – संसारमा एकात्मक राज्य टुक्र्याएर संघीयतामा जाने अवधारणा कहा“ छ – रूसी अक्टोबर क्रान्तिपश्चात सोभियत संघले अवलम्बन गरेको संघीयताले त साना राष्ट्रलाई स्वायत्ततासहित एकीकृत गरेको हो । एकात्मक राज्यलाई

विभाजन गरेको होइन । संघीय राज्यव्यवस्थाको अन्तर्रर्ााट्रय प्रयोगमा विभाजित राज्यहरूको एकीकरण, छुट्टनि लागेका राज्यको एकता र उपनिवेशबाट मुक्तता छन् । यस्तो कुनै अवस्था नरहेको नेपालमा संघीयता र विभाजनस“गै समानुपातिक प्रणालीको नारा -जनसंख्याका आधारमा प्रतिनिधित्व संख्या) ले अन्ततः मुलुकलाई विखण्डनको दिशामा उभ्याउ“छ ।

जम्मा ४६ हजार जनसंख्या भएको सेन्ट किट्स एन्ड नेभिस नामक संघीय राज्यदेखि विघटन हुनुपर्ूवको सोभियत संघसम्म एकात्मक राज्यको विभाजन गर्न संघीयता लागू गरिएको होइन । माओवादीले भने संघीयताको चर्काे नारा उचाल्दै आएको छ । राष्ट्रियताको खतराको प्रचार र पुष्पकमल दाहालले दुवै सेना मिलेर शान्ति कायम गरे राष्ट्रियता संकटमा नपर्ने भनाइ जति क्रान्तिकारी र राष्ट्रवादी देखिन्छ, दस वर्षो युद्धको जगमा नेपालको राष्ट्रियता स्वयम् माओवादीको क्रियाकलाप र एजेन्डाका कारण खतरामा परेको र परिरहेको मूल्यांकन आवश्यक छ ।

विचार र व्यवहारमा पटक्कै मेल नखाने माओवादीको राष्ट्रियताको नारा र्सर्ूयबहादुर थापा, शरदचन्द्र शाह, कमल थापा, पशुपतिशमशेर राणा, रमेशनाथ पाण्डे, लोकेन्द्रबहादुर चन्दको भन्दा फरक छैन । भारतलाई गाली गर्ने र दलाली पनि गर्ने र लैनचौर दूतावासदेखि साउथब्लकसम्म आशा गर्ने मण्डले राष्ट्रवादभन्दा फरक देखिन नसक्नु माओवादीको विडम्बना हो । भूमिको राष्ट्रियता होइन, जनताको राष्ट्रियता भन्ने माओवादीले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दि“दै आएका तर्फा आधारमा खिया लागिसकेको छ । माओवादीतर्फाट विधायक भएका कुमार फुदोङले हालै बीबीसी अन्तर्वार्तामा भनेजस्तै मुलुक निर्ण्ाायक रूपमा पार्टर्ीीोइन, जातजाति छन् भन्नेले स्पष्ट पारेको छ । यसको पुष्टि तर्राईमा भर्खरै खुलेको क्षेत्रीय संगठनको आधारले गरिसकेको छ ।

राष्ट्रियताजस्तो समवेदनशील विषयवस्तुलाई मण्डलेहरूले बदनाम गराएर राष्ट्रवाद शब्दप्रति घृणा गराए, माओवादीले पनि त्यही मार्ग अपनाएर राष्ट्रलाई कमजोर बनाएको छ । आफ्नो स्वार्थ

पर्दा खुट्टा ढोग्ने र धक्का लाग्दा भारतलाई गाली गरेर राष्ट्रवादी देखिने मण्डले प्रवृत्तिको अन्त्य आवश्यक छ ।

साभार:कान्तिपुर,  २१ जनवरी २००८

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: