CANDOR

A worldview by a candid mind >>>

12-POINT UNDERSTANDING

Posted by Thaneshwar on जनवरी 3, 2008

12-POINT UNDERSTANDING BETWEEN PARTIES AND MAOISTS

Letter of Understanding (Unofficial translation)
The long struggle between absolute monarchy and democracy in Nepal has now reached a very grave and new turn. Establishing peace by resolving the 10-year old armed conflict through a forward-looking political outlet has become the need of today. Therefore, implementing the concept of absolute democracy through a forward-looking restructuring of the state has become an inevitable need to solve the problems related to class, caste, gender, region etc of all sectors including political, economic, social and cultural, bringing autocratic monarchy to an end and establishing absolute democracy. We make public that, against this existing backdrop and reference in the country, the following understanding has been reached between the seven parliamentary parties and the CPN (Maoist) through different methods of talks.Points of Understanding

1. Today, democracy, peace, prosperity, social advancement and a free and sovereign Nepal is the chief wish of all Nepalese. We completely agree that autocratic monarchy is the main hurdle in (realising) this. It is our clear view that without establishing absolute democracy by ending autocratic monarchy, there is no possibility of peace, progress and prosperity in the country. Therefore, an understanding has been reached to establish absolute democracy by ending autocratic monarchy, with all forces against the autocratic monarchy centralizing their assault against autocratic monarchy from their respective positions, thereby creating a nationwide storm of democratic protests.

2. The seven agitating parties are fully committed to the fact that only by establishing absolute democracy through the restoration of the Parliament with the force of agitation, forming an all-party government with complete authority, holding elections to a constituent assembly through dialogue and understanding with the Maoists, can the existing conflict in the country be resolved and sovereignty and state power completely transferred to the people. It is the view and commitment of the CPN (Maoist) that the above mentioned goal can be achieved by holding a national political conference of the agitating democratic forces, and through its decision, forming an interim government to hold constituent assembly elections. An understanding has been reached between the agitating seven parties and the CPN (Maoist) to continue dialogue on this procedural work-list and find a common understanding. It has been agreed that the force of people’s movement is the only alternative to achieve this.

3. Today, the country has demanded the establishment of permanent peace along with a positive solution to the armed conflict. Therefore, we are committed to ending autocratic monarchy and the existing armed conflict, and establishing permanent peace in the country through constituent assembly elections and forward-looking political outlet. The CPN (Maoist) expresses its commitment to move along the new peaceful political stream through this process. In this very context, an understanding has been reached to keep, during the holding of constituent assembly elections after ending autocratic monarchy, the armed Maoist force and the royal army under the supervision of the United Nations or any other reliable international supervision, to conclude the elections in a free and fair manner and accept the result of the elections. We expect reliable international mediation even during the dialogue process.

4. Expressing clearly and making public institutional commitment to the democratic norms and values like the competitive multiparty system of governance, civil liberties, human rights, the concept of the rule of law, fundamental rights etc, the CPN (Maoist) has expressed commitment to move forward its activities accordingly.

5. The CPN (Maoist) has expressed its commitment to create an environment allowing the political activists of other democratic parties displaced during the course of the armed conflict to return to their former localities and live there with dignity, return their home, land and property seized in an unjust manner and carry out their activities without let or hindrance.6. Undertaking self criticism and self evaluation of past mistakes, the CPN (Maoist) has expressed commitment not to repeat such mistakes in future.

7. The seven political parties, undertaking self evaluation, have expressed commitment not to repeat the mistakes of the past which were committed while in parliament and in government.

8. In the context of moving the peace process forward, commitment has been expressed to fully respect the norms and values of human rights and press freedom and move ahead accordingly.

9. As the announcement of municipal polls pushed forward with the ill-motive of deluding the people and the international community and giving continuity to the autocratic and illegitimate rule of the King, and the talk of elections to Parliament are a crafty ploy, we announce to actively boycott them and call upon the general public to make such elections a failure.

10. The people and their representative political parties are the real guardians of nationality. Therefore, we are firmly committed to protecting the independence, sovereignty, geographical integrity of the country and national unity. Based on the principle of peaceful co-existence, it is our common obligation to maintain friendly relations with all countries of the world and good-neighbour relationship with neighbouring countries, especially India and China. But we request the patriotic masses to be cautious against the false attempt by the King and (his) loyalists to prolong his autocratic and illegitimate rule and delude the patriotic people by projecting the illusory “Mandale” nationalism and questioning the patriotism of the political parties, and appeal to the international powers and the people to support, in every possible way, the democratic movement against autocratic monarchy in Nepal.

11. We call upon the civil society, professional organizations, various wings of parties, people of all communities and regions, press and intellectuals to actively participate in the peaceful movement launched on the basis of these understandings centered on democracy, peace, prosperity, forward-looking social change and the country’s independence, sovereignty, and pride.

12. Regarding the inappropriate conducts that took place between the parties in the past, a common commitment has been expressed to investigate any objection raised by any party over such incidents, take action if found guilty, and to make the action public. An understanding has been reached to settle any problem emerging between the parties through peaceful dialogue at the concerned level or at the leadership level

समझदारी-पत्र

नेपालमा लामो समयदेखि चल्दै आएको निरंकुश राजतन्त्र र लोकतन्त्र ९म्झयअचबअथ० बीचको संघर्ष आज अत्यन्तै गम्भीर र नयाँ मोडमा पुगेको छ । विगत दश वर्षदेखि जारी सशस्त्र द्वन्द्वको अग्रगामी राजनीतिक निकासद्वारा समाधान गर्दै शान्ति स्थापना गर्न आजको आवश्यकता भएको छ । त्यसैले निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रका वर्गीय, जातीय, लिंगीय, क्षेत्रीय आदि समस्याहरुको समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्दै पूर्ण लोकतन्त्रको अवधारणालाई कार्यान्वयन गर्न अपरिहार्य आवश्यकता भएको छ । देशमा विद्यमान उक्त परिप्रेक्ष्य र सन्दर्भमा संसदभित्रका सात राजनीतिक दलहरु र ने.क.पा.-माओवादी) बीच विभिन्न ढंगले वार्ता भई निम्न प्रकार समझदारी भएको कुरा सार्वजनिक गर्दछौं ।

समझदारी भएका बुँदाहरु१. आज देशमा लोकतन्त्र, शान्ति, समृद्धि, सामाजिक अग्रगमन तथा स्वतन्त्र सार्वभौम नेपाल आम नेपाली जनताको प्रमुख चाहना हो । त्यसका निम्ति प्रमुख बाधक निरंकुश राजतन्त्र हो भन्ने कुरामा हामी पूर्ण सहमत छौं । निरंकुश राजतन्त्र अन्त्य गरेर पूर्ण लोकतन्त्र स्थापना नगरेसम्म देशमा शान्ति, प्रगति र समृद्धि सम्भव छैन भन्ने हाम्रो स्पष्ट धारणा छ । त्यसैले निरंकुश राजतन्त्रविरोधी सम्पूर्ण शक्तिहरुले निरंकुश राजतन्त्रका विरुद्ध आ-आफ्ना ठाउँबाट प्रहार केन्दित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलनको आँधीबेहरी निर्माण गरेर निरंकुश राजतन्त्रलाई अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्ने समझदारी भएको छ ।

२. आन्दोलनको शक्तिले संसद्को पुनस्र्थापन गर्ने र त्यसको निर्णयले अधिकार सम्पन्न सर्वदलीय सरकार, माओवादीसंग वार्ता र सहमतिका आधारमा संविधानसभाको निर्वाचन गरी पूर्ण लोकतन्त्र स्थापना गरेर नै देशमा विद्यमान द्वन्द्वको समाधान गर्न सकिन्छ र सार्वभौमसत्ता र राजकीय सत्ता पूर्णरुपले जनतामा स्थापित गर्न सकिन्छ भन्ने कुरामा आन्दोलनरत सात राजनीतिक दलहरु पूर्ण प्रतिबद्ध छन् । आन्दोलनरत लोकतान्त्रिक शक्तिहरुको राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने र त्यसको निर्णयले अन्तरिम सरकार बनाई संविधानसभाको निर्वाचन गरेर उल्लेखित लक्ष्य हासिल गर्न सकिन्छ भन्ने ने.क.पा.-माओवादी) को धारणा र प्रतिबद्धता रहेको छ । यो प्रक्रियागत कार्यसूचीको विषयमा आन्दोलनरत सात राजनीतिक दल र ने.क.पा.-माओवादी) बीचमा सम्वाद चलाउँदै जाने र साझा सहमतिको खोजी गर्ने समझदारी बनेको छ । उक्त लक्ष्य हासिल गर्न जनआन्दोलनको शक्ति नै एक मात्र विकल्प हो भन्ने कुरामा समझदारी भएको छ ।

३. देशले आज सशस्त्र द्वन्द्वको सकारात्मक समाधानका साथ स्थायी शान्ति स्थापनाको माग गरेको छ । त्यसैले हामी निरंकुश राजतन्त्रको अन्त्य र उक्त प्रक्रियागत आधारमा आउने संविधानसभाको निर्वाचन र पूर्ण लोकतन्त्र स्थापनाको अग्रगामी राजनीतिक निकासद्वारा देशमा विद्यमान सशस्त्र द्वन्द्वको अन्त्य गरी स्थायी शान्ति स्थापना गर्न दृढ संकल्पित छौं । यस प्रक्रियाद्वारा शान्तिपूर्ण नयाँ राजनैतिक धारमा अघि बढ्न ने.क.पा.-माओवादी) प्रतिबद्धता व्यक्त गर्दछ । यसै सन्दर्भमा निरंकुश राजतन्त्रको अन्त्यपछि हुने संविधानसभाको निर्वाचनको क्रममा माओवादी सशस्त्र शक्ति र शाही सेनालाई संयुक्त राष्ट्रसंघ वा भरपर्दो अन्तर्राष्ट्रिय सुपरिवेक्षणमा राख्ने, निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्ने र निर्वाचनको परिणामलाई स्वीकार्ने समझदारी भएको छ । वार्ता प्रक्रियामा समेत भरपर्दा अन्तर्राष्ट्रिय समुदायको संलग्नतालाई हामी अपेक्षा गर्दछौं ।

४. प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, मानवअधिकार, कानुनी राज्यको अवधारणा, मौलिक हक आदि लोकतान्त्रिक मूल्य मान्यताप्रति ने.क.पा.-माओवादी) ले आफ्नो प्रतिबद्धता प्रस्टताका साथ संस्थागत ढंगले सार्वजनिक गर्दै तदनुरुप आफ्ना गतिविधिहरु अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

५. ने.क.पा.-माओवादी) ले सशस्त्र द्वन्द्वको क्रममा विस्थापित हुन पुगेका अन्य लोकतान्त्रिक पार्टीका नेता, कार्यकर्ता र जनतालाई यथास्थानमा र्फकेर ससम्मान बसोबास गर्ने, उनीहरुको अन्यायपूर्ण तरिकाबाट कब्जा गरिएका घरजग्गा सम्पत्ति फिर्ता गर्ने र उनीहरुलाई निर्वाध ढंगले राजनैतिक गतिविधि गर्न पाउने वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

६. विगतका गल्ती कमजोरीहरुको आत्मसमीक्षा र आत्मआलोचना गर्दै भविष्यमा गल्ती कमजोरी हुन नदिन ने.क.पा.-माओवादी) ले प्रतिबद्धता व्यक्त गरेको छ ।

७. सात राजनीतिक दलहरुले विगतमा संसद र सरकारमा छँदा भएका गल्ती कमजोरीप्रति आत्मसमीक्षा गर्दै अब त्यस्ता गल्ती कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त भएको छ ।

८. शान्ति प्रक्रियालाई अघि बढाउने सन्दर्भमा मानवअधिकारका मूल्यमान्यताहरुलाई पूर्ण सम्मान गर्ने र तिनका आधारमा अघि बढ्ने तथा प्रेस स्वतन्त्रताको सम्मान गर्ने कुरा प्रतिबद्धता गरिएको छ ।

९. जनता र अन्तर्राष्ट्रिय समुदायलाई भ्रम दिने तथा राजाको निरंकुश र अवैधानिक शासनलाई वैधानिकता प्रदान गर्ने कुत्सित उद्देश्यका लागि अघि सारिएको नगरपालिकाको निर्वाचनको घोषणा र संसदको निर्वाचनको चर्चा एउटा कपटपूर्ण चाल भएकाले त्यसलाई आ-आफ्नो ढंगले सक्रिय बहिष्कार गर्ने घोषणा गर्दै त्यस्तो निर्वाचनलाई असफल बनाउन आम जनतालाई आह्वान गरिएको छ ।

१०. जनता र तिनका प्रतिनिधि राजनीतिक दलहरु नै राष्ट्रियताका वास्तविक पहरेदार हुन् । त्यसैले देशको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय एकताप्रति हामीहरु पूर्ण रुपले प्रतिबद्ध छौं । शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तका आधारमा संसारका सबै मुलुकहरुसंग मैत्री सम्बन्ध र छिमेकी मुलुकहरु ख्ाासगरी भारत र चीनसंग असल छिमेकीको सम्बन्ध कायम राख्नु हामी सबैको साझा कर्तव्य हो । परन्तु आफ्नो निरंकुश र अवैधानिक शासन टिकाउन र देशभक्त जनतालाई भ्रम दिन राजा र राजावादीहरुले मण्डले राष्ट्रवादको हौवा खडा गर्ने र राजनीतिक दलहरुको देशभक्तिमाथि प्रश्नचिन्ह खडा गर्ने जुन मित्थ्या प्रयास गरिरहेका छन् त्यसबाट सतर्क रहन हामी सम्पूर्ण देशभक्त जनसमुदायलाई आग्रह गर्दछौं र अन्तर्राष्ट्रिय शक्तिहरु र जनसमुदायलाई नेपालको निरंकुश राजतन्त्रविरोधी लोकतान्त्रिक आन्दोलनलाई हरतरहले साथ दिन अपिल गर्दछौं ।

११. लोकतन्त्र शान्ति, समृद्धि, अग्रगामी सामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राखेर भएका हाम्रा यी समझदारीका आधारमा संचालित हुने शान्तिपूर्ण जनआन्दोलनमा सक्रिय सहभागिता जनाई आन्दोलनलाई सफल बनाउन हामी नागरिक समाज, पेशागत समुदाय, जनवर्गीय संघ-संगठनहरु सबै जाति र क्षेत्रका जनता, पत्रकार जगत, बुद्धिजीवीहरु र आम नेपाली जनसमुदायमा हार्दिक आह्वान गर्दछौं ।

१२. विगतमा दलहरुबीच भएका अनुपयुक्त व्यवहारहरुको सन्दर्भमा दल विशेषले आपत्ति जनाएका र छानविनको माग गरेका घटनाहरुको सम्बन्धमा छानविन गर्ने र दोषी पाइएमा दोषीलाई कार्वाही गरी सार्वजनिक रुपमा जानकारी गराउने साझा प्रतिबद्धता व्यक्त भएको छ । अब उपरान्त दलहरुबीच समस्या उत्पन्न भए सम्बन्धित तह वा नेतृत्व तहमा छलफल गरेर सम्वादको माध्यमबाट समस्याहरुको समाधान गर्ने समझदारी भएको छ ।

for all other agreements please visit: http://www.peace.gov.np/eng/programs.asp?info=Archives&id=10&menu=1

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: